राप्रपाले भन्यो- तीनकुने घटनाको दोषी सरकार, हिंसा र तोडफोडोको जिम्मेवारी उसैले लिनुपर्छ « Khabarhub

राप्रपाले भन्यो- तीनकुने घटनाको दोषी सरकार, हिंसा र तोडफोडोको जिम्मेवारी उसैले लिनुपर्छ


१५ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीले शुक्रबार काठमाडौंको तीनकुनेमा भएको राजावादीहरूको आन्दोलनका क्रममा भएका सबै अप्रिय घटनाको जिम्मेवारी सरकारलाई थोपरेको छ।

शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले सरकारकै कारण तीनकुनेमा हिंसा भड्किएर दुईजनाले ज्यान गुमाउनुपर्ने अवस्था आएको पनि निष्कर्ष निकालेको छ ।

उक्त बैठकपछि पत्रकारहरूसँगको सवाल जवाफमा अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले तीनकुनेमा भएको शान्तिपूर्ण आन्दोलन बिथोलेर हिंसात्मक अवस्था उत्पन्न गराएको बताएका छ्न् ।

सुनियोजित रुपमा सरकार आन्दोलन भाँड्न उत्रिँदा शान्तिपूर्ण सभामा बिथोलिनुका साथै सुरक्षाकर्मीले घरको छतछतमा चढेर अश्रुग्यास हानेपछि अवस्था नियन्त्रणबाहिर गएको लिङ्देनले बताए ।

‘हिजोका घटनाक्रम बुझ्जा र हेर्दा सरकारले राजावादीको आन्दोलनमा हिंसा भड्काएर दमन गर्न चाहेको देखियो । आन्दोलनमा हिंसा भड्काउने नियतसहित सुरक्षाकर्मी खटाइएको थियो’, उनले भने, ‘सरकारले हिजो राजावादीको आन्दोलन बिथोल्न नियत राखेको छ्याङ्गै भइसकेको छ । हिंसा भड्काएर राजावादीलाई बदनमा गर्ने उद्धेश्य सरकारले राखेको रहेछ ।’

अध्यक्ष लिङदेनले राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरालाई २४ घण्टाभित्र छाड्न पनि सरकारलाई अल्टिमेट दिएका छन् । यी दुवै नेताले कुनै पनि सरकारी र सार्वजनिक संरचना तोडफोड नगरेको पनि उनको दाबी थियो ।

राप्रपाले घरमा जलेर मृत्यु भएका पत्रकार सुरेश रजक र गोली लागेर मारिएका सविन महर्जनलाई सहिद घोषणा गरेर परिवारलाई क्षतिपूर्ति दिन पनि सरकारसँग माग गरेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शनिबार  ८ : २५ बजे

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे

 काठमाडौँ – लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी

सरकारी वेबसाइटमा सुरक्षित एसएसएल/टीएलएस प्रमाणपत्र अनिवार्य

काठमाडौँ- सरकारले सबै सरकारी निकायका आधिकारिक वेबसाइटमा वैध एसएसएल/टीएलएस प्रमाणपत्र जडान

जडीबुटी तथा वनस्पतिसम्बन्धी अनुसन्धानबारे छलफल

काठमाडौं– नेपालमा जडीबुटी तथा वनस्पतिसम्बन्धी अनुसन्धानका विषयमा विज्ञान, प्रविधि तथा

गैरदलीय स्थानीय निर्वाचन र विदेशमा मतदान अधिकार माग्दै कुलमानले बुझाए आयोगमा ज्ञापनपत्र

काठमाडौं– उज्यालो नेपाल पार्टीले गैरदलीय स्थानीय निर्वाचन र विदेशमा रहेका