राप्रपाले भन्यो- तीनकुने घटनाको दोषी सरकार, हिंसा र तोडफोडोको जिम्मेवारी उसैले लिनुपर्छ « Khabarhub

राप्रपाले भन्यो- तीनकुने घटनाको दोषी सरकार, हिंसा र तोडफोडोको जिम्मेवारी उसैले लिनुपर्छ


१६ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीले शुक्रबार काठमाडौंको तीनकुनेमा भएको राजावादीहरूको आन्दोलनका क्रममा भएका सबै अप्रिय घटनाको जिम्मेवारी सरकारलाई थोपरेको छ।

शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले सरकारकै कारण तीनकुनेमा हिंसा भड्किएर दुईजनाले ज्यान गुमाउनुपर्ने अवस्था आएको पनि निष्कर्ष निकालेको छ ।

उक्त बैठकपछि पत्रकारहरूसँगको सवाल जवाफमा अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले तीनकुनेमा भएको शान्तिपूर्ण आन्दोलन बिथोलेर हिंसात्मक अवस्था उत्पन्न गराएको बताएका छ्न् ।

सुनियोजित रुपमा सरकार आन्दोलन भाँड्न उत्रिँदा शान्तिपूर्ण सभामा बिथोलिनुका साथै सुरक्षाकर्मीले घरको छतछतमा चढेर अश्रुग्यास हानेपछि अवस्था नियन्त्रणबाहिर गएको लिङ्देनले बताए ।

‘हिजोका घटनाक्रम बुझ्जा र हेर्दा सरकारले राजावादीको आन्दोलनमा हिंसा भड्काएर दमन गर्न चाहेको देखियो । आन्दोलनमा हिंसा भड्काउने नियतसहित सुरक्षाकर्मी खटाइएको थियो’, उनले भने, ‘सरकारले हिजो राजावादीको आन्दोलन बिथोल्न नियत राखेको छ्याङ्गै भइसकेको छ । हिंसा भड्काएर राजावादीलाई बदनमा गर्ने उद्धेश्य सरकारले राखेको रहेछ ।’

अध्यक्ष लिङदेनले राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरालाई २४ घण्टाभित्र छाड्न पनि सरकारलाई अल्टिमेट दिएका छन् । यी दुवै नेताले कुनै पनि सरकारी र सार्वजनिक संरचना तोडफोड नगरेको पनि उनको दाबी थियो ।

राप्रपाले घरमा जलेर मृत्यु भएका पत्रकार सुरेश रजक र गोली लागेर मारिएका सविन महर्जनलाई सहिद घोषणा गरेर परिवारलाई क्षतिपूर्ति दिन पनि सरकारसँग माग गरेको छ ।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  ८ : २५ बजे

माओवादी पूर्वकेन्द्रीय सदस्य र रास्वपा बागमती सदस्यसहित ११ जना एमालेमा प्रवेश, बादलले गरे स्वागत

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट ११ जना

स्ट्रेट अफ हर्मुजमा पलाउको ध्वजावाहक जहाजमाथि हमला, चार घाइते

काठमाडौं- रणनीतिक महत्वको स्ट्रेट अफ हर्मुजमा एउटा तेल बोकेको जहाजमाथि

मोरङ ६ मा एमालेका ढकाललाई उज्यालो नेपालका बुढाथोकीको समर्थन

विराटनगर- कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबाट मोरङ क्षेत्र नम्बर

बाबुराम-जनार्दनको विचित्र राजनीति, नेकपाविरोधी सबैलाई प्रलोपाको समर्थन

काठमाडौं– पूर्वमाओवादी नेताहरू डा बाबुराम भट्टराई र जनार्दन शर्माहरूले पछिल्लो

इजरायलले तेहरानको ‘मुटु’ मा प्रहार गरेपछि भीषण विस्फोट

काठमाडौं- इजरायलले इरानको राजधानी तेहरानको ‘मुटु’ मा प्रहार गरेको जनाएको