राजावादीको आन्दोलन लुटपाटको शृङ्खला : मुख्यमन्त्री कार्की | Khabarhub Khabarhub

राजावादीको आन्दोलन लुटपाटको शृङ्खला : मुख्यमन्त्री कार्की


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिम्मत कुमार कार्कीले काठमाडौंमा शुक्रबार भएको हिंसात्मक आन्दोलन लोकतन्त्रमाथिको प्रहार भएको बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशले आज बुझाएको ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री कार्कीले सञ्चारमाध्यम माथिको आक्रमण र पत्रकारको हत्या सुनियोजित र लोकतन्त्रमाथिको प्रहार भएको बताएका हुन् ।

उनले पत्रकार महासङ्घले लोकतान्त्रिक शासन प्रणालीको पक्षमा उठाएको आवाजमा आफू सदैव उभिने प्रतिबद्धता व्यक्त गर्दै व्यवस्थाप्रतिको प्रहार रोक्न र गणतन्त्रको पक्षमा उभिन  पत्रकारहरूलाई आग्रह गरे ।

उनले पत्रकारहरूको सुरक्षा र क्षतिपूर्तिका लागि प्रदेश सरकारले केन्द्रीय सरकारसँग समन्वय र पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

मुख्यमन्त्री कार्कीले काठमाडौंमा भएको तथाकथित आन्दोलन, आन्दोलन नभएर लुटपाट गर्ने शृङ्खला मात्र भएको बताए । उनले आपराधिक मनस्थितिबाट गरिएको आन्दोलनलाई सबैतिरबाट विरोध गर्नुपर्ने बताए ।

पत्रकार महासङ्घले पत्रकारहरूको सुरक्षाको माग गर्दै मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाएको हो ।

नेपाल पत्रकार महासङ्घ कोशीका अध्यक्ष भरत खड्का, जिल्ला अध्यक्ष सुशीला पाठकलगायत पदाधिकारी तथा सदस्यहरूले मुख्यमन्त्री कार्कीलाई  ज्ञापनपत्र बुझाउँदै पत्रकारहरूको पेशागत सुरक्षा र जीवन रक्षाको माग गरेका थिए ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  १० : ०८ बजे

लगानी सहजीकरण र औपचारिक अर्थतन्त्र विस्तारमा उल्लेख्य सुधार : अध्यक्ष ढकाल

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी

कोशी प्रदेशले विपद् जोखिम न्यूनीकरणका लागि विपद् बिमा र बस्ती स्थानान्तरण गर्ने

मोरङ – कोशी प्रदेश सरकारले विपद्को क्षति न्यूनीकरणका लागि विपद्

चीनमा सवारीसाधनको बिक्रीमा उत्साहजनक वृद्धि

बेइजिङ – चीनमा सवारीसाधनको बिक्री मे महिनामा उल्लेखनीय रूपमा वृद्धि

हुल बाँधेर आउन थाले बाहुनडाँगीमा हात्ती

झापा – झापाको मेचीनगर–४ बाहुनडाँगीका बासिन्दा दैनिक भारतबाट हुल बाँधेर

आजका समाचार : संसद्मा हलो अड्किएको अड्कियै, नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा र ट्रम्पको दक्षिणपन्थी बाटोमा संकटको बादल

काठमाडौं-तराई\मधेस द्रुतमार्गको समस्याबारे प्रधानमन्त्रीसँग छलफल प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं–तराई/मधेस