वन कुकुर संरक्षण सम्बन्धी नेपाली परियोजना विश्वको उत्कृष्ट ६ मा, भोटिङबाट एउटा छानिने | Khabarhub Khabarhub

वन कुकुर संरक्षण सम्बन्धी नेपाली परियोजना विश्वको उत्कृष्ट ६ मा, भोटिङबाट एउटा छानिने


२० चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

पोखरा– वन कुकुर संरक्षण विषयको नेपाली परियोजना उत्कृष्ट ६ मा परेको छ । यो वर्ष नेपालको सिठी बजाउने सिकारीहरुमार्फत (वन कुकुर) नेपालमा पर्यटन प्रवर्द्धन नामक परियोजना विश्वभरिका उत्कृष्ट ६ भित्र मनोनीत भएको हो ।

युरोपियन आउटडोर कन्जरभेसन एसोसिएसन नामक संस्थाले प्रकाशन गरेको सूचीमा वाइल्डप्लेस समूह अन्तर्गत नेपाली परियोजना उत्कृष्ट ६ मा परेको हो ।

यस परियोजना उत्कृष्ट एकमा पर्न सोमबारबाट सुरु भएको भोटिङबाट जित्नु पर्नेछ । परियोजना उत्कृष्ट एकमा परे करिब ४४ लाख नेपाली रुपैयाँ प्राप्त हुनेछ । यसका लागि अनलाइन भोटिङ सोमबार देखि १४ दिनका लागि खुला गरिएको छ ।

परियोजना उत्कृष्ट एकमा परे त्यसबाट प्राप्त ४४ लाख रुपैयाँबाट कास्कीको मादी गाउँपालिकामा वन कुकुरको अनुसन्धान र संरक्षणको काम गरिने प्रकृतिका साथीहरू नामक संस्थाका निर्देशक राजु आचार्यले बताए ।

सन् २०१७ र २०२१ मा मादी– २ ताङतिङमा प्रकृतिका साथीहरू नामक संस्थाले वन कुकुर अनुसन्धानका लागि राखेको क्यामेरा ट्यापिङमा त्यस क्षेत्रमा हराएका वन कुकुर पुनः देखिएका थिए ।

वन कुकुर किन संरक्षण गर्ने ? 
दुर्लभ वन कुकुर सङ्कटमा रहेको विज्ञ बताउँछन् । यो लोपोन्मुख वन कुकुर विश्वमै दुर्लभ मानिन्छ । यसको सङ्ख्या ९४९ देखि २ हजार २१५ को बीचमा रहेको अनुमान गरिएको छ । नेपालमा भने ५ सय भन्दा कम मात्र रहेको आचार्य बताउँछन् । वन कुकुरको सङ्ख्या तीव्र गतिमा घट्दै गइरहेको कारण संरक्षण गर्नुपर्ने अवस्था रहेको विज्ञ बताउँछन् ।

सन् १९७० सम्म नेपालका धेरै भूभागमा पाइने भए पनि पछिल्लो समयमा केही सीमित स्थानमा मात्र अभिलेख गरिएको पनि उनले बताए । यसको सङ्ख्यामा आएको गिरावटको मुख्य कारण आहारा प्रजातिको कमी, मानिससँगको द्वन्द्व, कृषि क्षेत्र विस्तारलगायत रहेको बताइएको छ ।

वन कुकुर (ढोले) प्रजातिको नामले चिनिने यो वन्यजन्तु कुनै समय अन्नपूर्ण संरक्षण क्षेत्रमा हराएको मानिन्थ्यो । पछिल्ला केही वर्षमा गरिएको अध्ययनले उक्त प्रजाति पुनः देखापरेको बताइएको छ ।

मादी गाउँपालिकाको क्षेत्रमा भेटिएका ती प्रजाति पुनः हराउन सक्ने अवस्थाप्रति संरक्षणकर्मी चिन्तित छन् । विगतमा स्थानीय समुदायसँगको द्वन्द्वको कारण वन कुकुर प्रजातिलाई ठूलो क्षति पुगेको यस क्षेत्रमा लामो समयदेखि अध्ययन तथा संरक्षणमा संलग्न प्रकृतिका साथीहरू संस्थाका निर्देशक राजु आचार्यले बताए ।

वन कुकुरलाई स्थानीय समुदायले प्याउँ भनेर चिन्छन् । यस प्रजातिको संंरक्षणका लागि जनचेतना, पानीको स्रोतका लागि पोखरी निर्माण, नेचर गाइड तालिम, फोहर व्यवस्थापन लगायतका संरक्षण कार्यक्रम सञ्चालन गरिनु पर्ने पनि उनको भनाइ छ ।

वन कुकुर संरक्षणको साथै कास्कीको मादी गाउँपालिकोको पर्यटन विकासका लागि पनि परियोजना महत्वपूर्ण रहने भएकोले भोटिङ गरेर नेपाली परियोजना उत्कृष्टमा पार्न सहयोग मिल्ने उनले विश्वास व्यक्त गरे । भोटिङका लागि  https://www.eocaconservation.org/vote मा गएर भोट गर्न सकिने पनि उनले बताए ।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  ७ : ४१ बजे

वरिष्ठ अधिवक्ता भण्डारी सम्मानित

काठमाडौं– वैयाकरण नेपाल स्मृति पुरस्कारबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी सम्मानित

‘जेन-जी’ प्रदर्शन : सुदूरपश्चिममा २३४ भौतिक संरचनामा क्षति

महेन्द्रनगर–  ‘जेन-जी’ प्रदर्शनका क्रममा भएका आगजनी र तोडफोडबाट सुदूरपश्चिम प्रदेशमा

भीआईपी कक्ष नछिरेका ऊर्जामन्त्री बिजनेस क्लासबाट भारततिर

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ अन्तर्राष्ट्रिय सौर्य

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं– कालिकोट, खाँडाचक्र नगरपालिका-२ स्थित सडकमा जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको क.प्र.०२-००१ ख

छोराको हत्या गरेको आरोपमा बुवा पक्राउ

पाँचथर– आफ्नै छोरा १७ वर्षीय सफल लिम्बुको हत्या गरेको आरोपमा मिक्लाजुङ गाउँपालिका-८