राप्रपाले भन्यो- आयोग बनाएर तीनकुने घटना छानबिन हुनुपर्छ, गृहमन्त्री लेखकले राजीनामा दिनुपर्छ  | Khabarhub Khabarhub

राप्रपाले भन्यो- आयोग बनाएर तीनकुने घटना छानबिन हुनुपर्छ, गृहमन्त्री लेखकले राजीनामा दिनुपर्छ 


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजसंस्थाको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चैत १५ गते तीनकुनेमा भएको घटनाका छानबिनका लागि स्वतन्त्र छानबिन आयोग गठनको माग गरेको छ । 

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई बिहीबार ध्यानाकर्षण पत्र बुझाएर राप्रपाले राजावादीले चैत १५ गते तीनकुने क्षेत्रमा गरेको प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनाको छानबिनका लागि आयोग गठनको माग गरेको हो । 

राप्रपाको ध्यानाकर्षण पत्रमा उक्त घटना छानबिनका लागि सर्वोच्च अदालतका पूर्वन्यायाधीशको अध्यक्षतामा मानव अधिकार आयोग र नागरिक समाज सम्मिलित स्वतन्त्र छानबिन आयोग गठन गरिनुपर्ने भनिएको छ ।  

राप्रपाले छानबिनका लागि गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र चैत्र १५ गतेको दमनमा नेतृत्व गर्ने प्रहरी प्रमुख र प्रशासनिक नेतृत्वलाई निलम्बन गरिनुपर्ने पनि माग गरेको छ ।  

राप्रपाले मृतक सबिन महर्जन र पत्रकार सुरेश रजकलाई सहिद घोषणा गरेर क्षतिपूर्तिको व्यवस्था गर्नुका साथ सरकारले राप्रपा नेताहरू रवीन्द्र मिश्र र डा. धवलसम्शेर राणालगायत अन्यमाथिको झुठा मुद्दा खारेज र निर्दोषहरूलाई रिहाइ गर्नुपर्ने र घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गरिनुपर्ने पनि माग गरेको छ ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  १२ : १० बजे

उद्योगीलाई किन भू–सामन्त बनाउन खोज्दैछन् दल ?

काठमाडौँ – सामन्ती व्यवस्था अन्त्यका निम्ति भन्दै पटकपटक आन्दोलन र

दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण

दार्चुला – हिमाली जिल्ला दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण पुष्टि

कोरिया पठाइदिने भन्दै रु एक करोडभन्दा बढी ठगी गर्ने पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारका लागि दक्षिण कोरिया पठाइदिने भन्दै रु

चोरीका स्कुटर प्रयोग गरी चोरी र लुटपाट, छ जना पक्राउ

काठमाडौं – काठमाडौं जिल्लाका विभिन्न स्थानबाट चोरिएका स्कुटर प्रयोग गरी

मन्त्री पालको सचिवालयले भन्यो : खगेन्द्रको स्टाटस कपोकल्पित हो

काठमाडाैं – सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र बहादुर पालविरुद्ध