राप्रपाले भन्यो- आयोग बनाएर तीनकुने घटना छानबिन हुनुपर्छ, गृहमन्त्री लेखकले राजीनामा दिनुपर्छ  « Khabarhub

राप्रपाले भन्यो- आयोग बनाएर तीनकुने घटना छानबिन हुनुपर्छ, गृहमन्त्री लेखकले राजीनामा दिनुपर्छ 


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजसंस्थाको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चैत १५ गते तीनकुनेमा भएको घटनाका छानबिनका लागि स्वतन्त्र छानबिन आयोग गठनको माग गरेको छ । 

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई बिहीबार ध्यानाकर्षण पत्र बुझाएर राप्रपाले राजावादीले चैत १५ गते तीनकुने क्षेत्रमा गरेको प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनाको छानबिनका लागि आयोग गठनको माग गरेको हो । 

राप्रपाको ध्यानाकर्षण पत्रमा उक्त घटना छानबिनका लागि सर्वोच्च अदालतका पूर्वन्यायाधीशको अध्यक्षतामा मानव अधिकार आयोग र नागरिक समाज सम्मिलित स्वतन्त्र छानबिन आयोग गठन गरिनुपर्ने भनिएको छ ।  

राप्रपाले छानबिनका लागि गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र चैत्र १५ गतेको दमनमा नेतृत्व गर्ने प्रहरी प्रमुख र प्रशासनिक नेतृत्वलाई निलम्बन गरिनुपर्ने पनि माग गरेको छ ।  

राप्रपाले मृतक सबिन महर्जन र पत्रकार सुरेश रजकलाई सहिद घोषणा गरेर क्षतिपूर्तिको व्यवस्था गर्नुका साथ सरकारले राप्रपा नेताहरू रवीन्द्र मिश्र र डा. धवलसम्शेर राणालगायत अन्यमाथिको झुठा मुद्दा खारेज र निर्दोषहरूलाई रिहाइ गर्नुपर्ने र घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गरिनुपर्ने पनि माग गरेको छ ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  १२ : १० बजे

कृषि विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालयमा स्नातक तहमा अध्ययन गर्न

नेपाल पुलिस स्कुललाई रनिङ फुटबल ट्रफीको उपाधि

भक्तपुर- यस वर्षको सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय रनिङ फुटबल ट्रफीको

प्रधानमन्त्रीलाई प्रभु साहको सुझाव : जंगी अड्डामा होइन जनतामा फर्कनुहोस

वीरगञ्ज- आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी

तेहरान- इरानले होर्मुज जलडमरूमध्य हुँदै अघि बढिरहेको टोगोको झन्डा बोकेको

धार्मिक विधिअनुसार ५३ वर्षीय रोनाल्डो हात्तीको अन्त्येष्टि (तस्बिरहरु)

काठमाडौं- चितवन राष्ट्रिय निकुञ्जको सौराहा–खोरसोर क्षेत्रमा चर्चित जंगली भाले हात्ती