गण्डकी नीति तथा योजना आयोगका दुई सदस्यले दिए राजीनामा « Khabarhub

गण्डकी नीति तथा योजना आयोगका दुई सदस्यले दिए राजीनामा


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


549
Shares
  • change font
  • change font
  • change font

पोखरा- गण्डकी प्रदेश गण्डकी प्रदेश नीति तथा योजना आयोगका दुई सदस्यले राजीनामा दिएका छन् । 

डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको कोटाबाट नियुक्त भएकी माया तिम्सिना र राप्रपाको कोटाबाट नियुक्त भएका दीपक भण्डारीले चैत १७ गते राजीनामा दिएका हुन् । तिम्सिना गत असार २१ गते र त्यसको १ महिनापछि भण्डारी नियुक्त भएका थिए ।

सर्वोच्चको परमादेशबाट मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त भएपछि कांग्रेसका सुरेन्द्रराज पाण्डेले सत्ताको साँचो दरिलो पार्न तत्कालीन समयमा समाजवादीबाट तिम्सिनालाई नियुक्त गरेका थिए । 

केन्द्रीय राजनीतिमा आएको फेरबदलपछि पनि मुख्यमन्त्री पाण्डेले प्रदेशलाई एमालेलाई त्यति सारो वास्ता नगरी राप्रपाका दीपक भण्डारीलाई योजना आयोगमा ल्याएका थिए । एमालेले त्यति बेलै मन अमिल्याए पनि बाहिर भने केही व्यक्त गरेको थिए ।

अहिले प्रदेशको विश्वविद्यालय र अन्य निकायहरूमा धमाधम नियुक्तिका बेला सत्ता साझेदार एमालेको दबाबमा मुख्यमन्त्रीले योजना आयोगका सदस्य फेर्न लागेका हुन् । सरकारले बाहिरिन संकेत गरेपछि दुवै सदस्यले एकै दिन राजीनामा बुझाएका हुन् ।

अब रिक्त ती २ पदमा कांग्रेस एमालेले भागबन्डा गर्नेछन् । महिला सदस्य कांग्रेसका भागमा परेको छ भने अर्को एक सदस्य एमालेको भागमा परेको छ । आयोगमा कम्तीमा १ जना महिला सदस्य अनिवार्य रहने गरी गठनादेश बनाइएको छ । एमालेले सदस्यमा नियुक्त गर्ने नाम टुङ्ग्याइसके पनि कांग्रेसबाट भने टुंगिन बाँकी छ ।

उपाध्यक्षमा मुख्यमन्त्री पाण्डेले गत जेठ १७ गते नै गोरखाका डा कृष्णचन्द्र देवकोटालाई दोहोर्‍याएका हुन् ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  २ : ०१ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार