जुम्लामा आगलागी, नियन्त्रणमा लिन तिनै सुरक्षा निकाय परिचालित « Khabarhub

जुम्लामा आगलागी, नियन्त्रणमा लिन तिनै सुरक्षा निकाय परिचालित


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– जुम्ला सदरमुकाममा रहेको एक घरमा आगलागी भएको छ । चन्दननाथ नगरपालिका–४ कालढुंगीमा रहेको घरमा केही बेरअघिबाट आगलागी शुरु भएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अध्ययनरत विद्यार्थीहरू र अन्य व्यक्ति भाडामा बस्दै आएको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख छेदीलाल कामतीले जानकारी दिए ।

आगलागी भएलगत्तै तीन वटै सुरक्षा निकायबाट सुरक्षाकर्मीहरू परिचालन गरिएको उनले बताए । आगलागी भएको घर स्थानीय शिव लक्ष्मी न्यौपानेको रहेको प्रहरीले जनाएको छ ।

आगलागी भएको घरमा ग्यास रहेकाले पड्किने जोखिम रहेकाले सुरक्षाकर्मीले सावधानीपूर्वक आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको प्रहरी प्रमुख कामतीको भनाइ छ ।

आगलागी भएको घरभित्र रहेका ग्यासहरू पड्किरहेकाले आगो नियन्त्रणमा समस्या भएको उनले बताए ।

प्रारम्भिक अनुसन्धानका क्रममा विद्युत् सर्ट भएर आगलागी भएको खुलेको छ । तीन तला रहेको घरको दोस्रो तलाबाट आगलागी सुरु भएको हो । आगलागी नियन्त्रणमा नगरपालिका दमकलसमेत पठाइएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  ७ : २८ बजे

कृषि विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालयमा स्नातक तहमा अध्ययन गर्न

नेपाल पुलिस स्कुललाई रनिङ फुटबल ट्रफीको उपाधि

भक्तपुर- यस वर्षको सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय रनिङ फुटबल ट्रफीको

प्रधानमन्त्रीलाई प्रभु साहको सुझाव : जंगी अड्डामा होइन जनतामा फर्कनुहोस

वीरगञ्ज- आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी

तेहरान- इरानले होर्मुज जलडमरूमध्य हुँदै अघि बढिरहेको टोगोको झन्डा बोकेको

धार्मिक विधिअनुसार ५३ वर्षीय रोनाल्डो हात्तीको अन्त्येष्टि (तस्बिरहरु)

काठमाडौं- चितवन राष्ट्रिय निकुञ्जको सौराहा–खोरसोर क्षेत्रमा चर्चित जंगली भाले हात्ती