यही संविधानमा सबै समस्याको समाधान खोज्नुपर्छ : शेखर कोइराला « Khabarhub

यही संविधानमा सबै समस्याको समाधान खोज्नुपर्छ : शेखर कोइराला


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

मोरङ– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अहिलेको संविधान भित्रै रहेर सबै समस्याको समाधान खोज्नुपर्ने बताएका छन् ।

मोरङको वुढिगंगा गाउपालिका–१ मा निर्माण गर्न लागिएको बुढिगंगा पार्कको आज शिलान्यास गर्दै उनले संविधानभित्र रहेर शान्तिपूर्ण आन्दोलन गर्ने अधिकार सबैलाई रहेको चर्चा गरे । कोइरालाले कुनै प्रकारको हिंसा, आतङ्क तोडफोड, आगजनी नेपाली कांग्रेसलाई स्वीकार्य नहुने प्रस्ट पारे । 

नेता कोइरालाले गत शुक्रबार काठमाडौंमा भएको घटनाको निष्पक्ष छानबिन गर्नुपर्नेमा समेत जोड दिए । नेपाली जनतालाई विश्वास दिलाउन छानबिन समिति बनाएर सो घटनाको जति सक्दो चाँडो सरकारले छानबिन गर्नुपर्ने उनको भनाई थियो । 

उनले यो व्यवस्थालाई बलियो र दिगो बनाउन राजनीतिक दलहरू पनि सुध्रनु जरुरी रहेको बताए । उनले अहिलेको अवस्थामा  राजनीतिक दलहरूले आफूलाई सुधार्दै जनताका मन जित्न सक्नुपर्नेमा जोड दिए ।

नेता कोइरालाले नेपाली कांग्रेस र नेकपा एमाले दुई ठुला दल मिलेर सरकार निर्माण गर्दा संविधान संशोधन, सुशासन, आर्थिक विकास, सुशासन तथा रोजगारी सृजना गर्ने  कुरा गरे पनि त्यसो हुन नसेको बताए । जति सक्दो चाँडो आफूले गरेको प्रतिबद्धता पुरा गर्ने तर्फ दलहरूको ध्यान जानुपर्ने कोइरालाको भनाई थियो ।

उनले नेपालमा कृषि, जलविद्युत, जडीबुटी तथा पर्यटनको प्रशस्त सम्भावना रहेकाले त्यसको उचित सदुपयोग गरेर युवाहरूलाई स्वरोजगार बनाउँदै नेपाल नेपाली जनतालाई सुखी र समृद्ध बनाउन सकिने बताए ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  ८ : ०५ बजे

कृषि विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालयमा स्नातक तहमा अध्ययन गर्न

नेपाल पुलिस स्कुललाई रनिङ फुटबल ट्रफीको उपाधि

भक्तपुर- यस वर्षको सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय रनिङ फुटबल ट्रफीको

प्रधानमन्त्रीलाई प्रभु साहको सुझाव : जंगी अड्डामा होइन जनतामा फर्कनुहोस

वीरगञ्ज- आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी

तेहरान- इरानले होर्मुज जलडमरूमध्य हुँदै अघि बढिरहेको टोगोको झन्डा बोकेको

धार्मिक विधिअनुसार ५३ वर्षीय रोनाल्डो हात्तीको अन्त्येष्टि (तस्बिरहरु)

काठमाडौं- चितवन राष्ट्रिय निकुञ्जको सौराहा–खोरसोर क्षेत्रमा चर्चित जंगली भाले हात्ती