पानी नपरेसम्म प्रदूषण नघट्ने : विश्वकै प्रदूषित शहर दिल्लीपछि काठमाडौं « Khabarhub

पानी नपरेसम्म प्रदूषण नघट्ने : विश्वकै प्रदूषित शहर दिल्लीपछि काठमाडौं


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं उपत्यकामा केही दिनदेखि वायु प्रदूषण उच्च रहेको छ। वायु गुणस्तर मापन गर्ने स्वीस कम्पनी आइक्यू एअरले गरेको मापनअनुसार अहिले काठमाडौं उपत्यका विश्वको दोस्रो प्रदूषित शहरमा देखिन्छ।

अहिले काठमाडौं उपत्यकाको औसत वायु गुणस्तर सूचक (एक्यूआई) २५० रहेको छ। जसलाई खतरनाक अवस्था मानिन्छ। बुधबार नेपालको एक्यूआई ३७५ देखाएको थियो।
विश्वका प्रदूषित शहरमध्ये पहिलो नम्बरमा रहेको भारतको दिल्लीको एक्यूआई ३०९ रहेको छ।

मौसमविद्का अनुसार शुक्रबारदेखि वायुको वेग अधिक भएकाले बिहीबारको तुलनामा काठमाडौँमा सुधार देखिएको छ। हाल काठमाडौं उपत्यकामा वर्षा हुने अवस्था नरहेको तर क्रमशः यहाँको आकाशबाट बादल हट्ने लक्षण देखिएको मौसमविद्को भनाइ छ।

यता, वातावरण विभागको तथ्यांक अनुसार भक्तपुरको वायु प्रदूषण चार सय भन्दा माथि पुगेको छ। वातावरण विभागको तथ्यांक अनुसार अहिले बिहान ९ः ३० बजे भक्तपुरको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) ४२४ पुगेको हो। काठमाडौंको एक्यूआई भने ३४४ देखिएको छ। यो संख्या केही समयमै तलमाथि भइरहेको हुन्छ। अहिले धनगढीमा भने ५०९ एक्यूआई मापन गरिएको विभागले जनाएको छ।

उपत्यकासहित मकवानपुरको हेटौंडा, बाराको सिमरा, पोखरा, दाङ, नेपालगन्ज, सुर्खेत, महेन्द्रनगर, धनगढी, धनकुटा, झापाको दमक, विराटनगर लगायतका ठाउँमा प्रदूषणको मात्रा स्वास्थ्यको लागि हानिकारक अवस्थामा पुगेको छ। पानी नपरेसम्म प्रदूषण नघट्ने मौसमविद्को भनाइ छ।

यो पनि

किन बढ्दै छ, वायु प्रदूषण ?

काठमाडौंमा वायु प्रदूषण विश्वको दोस्रो नम्बरमा

उपत्यकाको प्रदूषण उच्च बिन्दुमा : घरबाहिर ननिस्कन अनुरोध

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ९ : ४५ बजे

रविलक्ष्मी भेट्न डल्लु पुगे प्रचण्ड र माधव

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

‘सतिसाले गोल्डकप’को उपाधि इन्ट्रा पथरी–११ लाई

मोरङ– दोस्रो ‘सतिसाले गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले

शीतलहरबाट सिरहामा जनजीवन प्रभावित

सिरहा– शीतलहरका कारण सिरहामा जनजीवन प्रभावित भएको छ । चिसो

पत्रकार सम्मेलन गरेर सय दिनको प्रगति सार्वजनिक गर्दै मन्त्री घिसिङ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग