कात्तिक १५ सम्म रंगशालाकाे काम पूरा गर्न खेलकुद मन्त्रीको निर्देशन | Khabarhub Khabarhub

कात्तिक १५ सम्म रंगशालाकाे काम पूरा गर्न खेलकुद मन्त्रीको निर्देशन


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले पोखरास्थित निर्माणाधीन फुटबल रङ्गशालाको आइतबार निरीक्षण गरेका छन् । सो अवसरमा उनले हालसम्म भएको कामको प्रगतीबारे जानकारी लिएका छन् ।

नेपालमा आगामी मङ्सिर १५ देखि २४ गतेसम्म आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)को महिला फुटबल प्रतियोगिता उक्त रङ्गशालामा सञ्चालन हुने भएकाले आगामी कात्तिक १५ गतेभित्र काम सम्पन्न गर्न मन्त्री विश्वकर्माले निर्माण कम्पनीका परियोजना प्रबन्धक दीपक बराललाई निर्देशन दिए ।

बजेटको अख्तियारी आउन ढिलाइ भए पनि सागका पूर्वाधार निर्माणमा बजेट अभाव हुन दिन्नौं”, उनले प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री विश्वकर्माले विभिन्न खेलका सङ्घलाई समेत निर्माणको काममा सघाउन आग्रह गरे ।

परियोजनाका प्रबन्धक बरालले हालसम्म रङ्गशालाको ४० प्रतिशत काम सम्पन्न भएको जानकारी गराए । उनले १० हजार दर्शक अटाउने प्यारापिट तयार भइरहेको बताए ।  १८ हजार ५ सय दर्शक क्षमताको फुटबल रङ्गशाला रु एक अर्ब २८ करोड २२ लाखको लागतमा निर्माण भइरहेको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  ९ : १७ बजे

साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो महिनामा रु एक खर्ब ६६

स्थानीय निकायबाट आधारभूत स्वास्थ्य सेवा प्रवाह हुँदै

मोरङ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आगामी असोज मसान्तसम्ममा स्थानीय

लिपुलेक नाका सम्बन्धी भारत–चीन सहमतिको विरोध (तस्बिरहरू)

काठमाडौं– संयुक्त विद्यार्थी संगठनले भारत र चीनबीच हालै भएको लिपुलेक

वर्षौँपछि पाकिस्तानका परराष्ट्रमन्त्रीको बंगलादेश भ्रमण

ढाका- पाकिस्तानका परराष्ट्रमन्त्री इसहाक डार शनिबार बंगलादेशको भ्रमणमा गएका छन्

‘स्क्रब टाइफस’बाट एक जनाको मृत्यु

चितवन– स्क्रब टाइफसबाट शनिबार यहाँ एक महिलाको मृत्यु भएको छ