प्रकाश सपुतको आशा– दर्शकले फिल्म बहिष्कार गर्नुहुन्न | Khabarhub Khabarhub

प्रकाश सपुतको आशा– दर्शकले फिल्म बहिष्कार गर्नुहुन्न


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


591
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक प्रकाश सपुतको फिल्म ‘वसन्त’ चैत २२ देखि प्रदर्शनरत छ । उनकै लेखन, निर्देशन र अभिनय रहेको यो फिल्म व्यापारिकरुपमा कमजोर साबित भएको छ ।

गायनबाट उदाएका प्रकाशका यसअघिका सिर्जना सुपरहिट बन्ने गरेका थिए । सोहीकारण प्रकाशले जे छोए पनि हिट बन्छ भन्ने भाष्य निर्माण भएको थियो ।

प्रकाश विवादरहित सर्जक भने होइनन् । यसअघि उनी आफ्ना सिर्जनाका कारण विवाद र आलोचनामा पर्थे ।

यो पटक भने उनी एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गरेका कारण विवादमा परेका छन् । यही कारण उनको फिल्म ‘वसन्त’ बहिष्कार गर्ने चर्चा पनि चलेको थियो ।

यसको प्रभाव फिल्म केही हदसम्म परेको देखिन्छ । यसबारे प्रकाश भन्छन्, ‘मेरा सिर्जनाहरू समाज र सरकारलाई पनि प्रश्न गर्ने किसिमका नै छन् । यो फिल्म बहिष्कार गर्नुहुँदैन दर्शकले मलाई माया गर्नुहुन्छ फिल्म हेर्नुहुन्छ ।’

प्रकाश सपुतसँग खबरहबका लागि संगम ढकालले गरेको सक्षिप्त कुराकानी :

भिडियो :

फिल्म ‘वसन्त’ दर्शकमाझ ल्याउँदा ‘नर्भस’ देखिनुहुन्छ नि ?

– यसपाली भूमिका अहिले धेरै छ । भारी अलि गह्रौँ छ । भारी ठाउँमा पु¥याएर राम्रोसँग बिसाउनु छ । त्यो भएर पनि अलि थकित र नर्भस देखिएको हुन सक्छु । सँगै उत्साहित पनि छु ।

यो फिल्म निर्माण घोषणा तपाईँले वैशाखमा गर्नुभयो । त्यसयता यहाँको संलग्नता न्यून छ । मेला महोत्सव र स्टेजमा पनि देखिनु भएको छैन । सोहीकारण आर्थिक हिसाबले पनि फिल्म सफल बनाउनुपर्ने दबाब कत्तिको छ ?

– इमानदारीसाथ साथ भन्नुपर्दा मैले अहिलेसम्म जति पनि उपलब्धिहरू छन् वा व्यवसायिकरुपमा जे पनि प्राप्त गरेको छु, त्यो कसैलाई प्रयोग नगरी र हानी नोक्सानी नगरी गरेको हो ।

व्यावसायिक रुपमा घाटा भएको छ भने त्यसले मलाईमात्रै असर गरेको छ । मेरो कुनै पनि कर्म, प्रयास, सिर्जना वा म आबद्ध भएको कामले कसैलाई हानी गरेको छैन ।

मेरो फाइदाका लागि मैले अरुलाई हानी गरेको छैन । ‘वसन्त’ भनेको मेरोमात्रै होइन । टिममा अरु धेरै जोडिनुभएको छ । कलाकारहरूको ‘करिअर’ जोडिएको छ । निर्माताहरूको लगानी जोडिएको छ । वितरकहरूको लगनशीलता जोडिएको छ । देश बाहिरका वितरकहरूको लगानी जोडिएको छ ।

‘वसन्त’ मेरो सपना हो । यसले जोडिएका व्यक्तिहरूलाई असर गर्ने हो कि, भन्ने डर चाहिँ लागेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गरेर आलोचना पाउने कलाकार हो तपाईं । धेरैले फिल्म बहिष्कार गर्छु भन्नुभएको छ । यसमा तपाईँको भनाइ केही छ ?

– जति दर्शकले मेरो आलोचना वा फिल्म बहिष्कार गर्छु भन्नुभएको छ । त्योप्रतिको गुनासोभन्दा पनि अहिलेको राज्यव्यवस्था, सरकार र प्रधानमन्त्री केपी ओलीप्रतिको होजस्तो लाग्छ ।

यो गालीको सम्पूर्ण जिम्मेवारी म लिनँ चाहान्नँ । त्यसमा मेरो केही भूमिका नै छैन । जनताको निराशाको कारण पनि म होइन । त्यो समाधान गर्ने व्यक्ति पनि म होइन ।

मैले प्रश्न गर्ने हो मैले आवाज उठाउने हो । मैले समस्याहरू यस्ता छन् है भनेर भन्नुपर्ने हो । र सिर्जनामार्फत् भनिरहेको पनि छु ।

कुनै राजनीतिक दल र विचारबाट प्रभावित नभई मैले आफ्ना सिर्जना प्रस्तुत गरिरहेको छु । मेरा सिर्जनाहरू समाज र सरकारलाई पनि प्रश्न गर्ने किसिमका नै छन् । यो फिल्म बहिष्कार गर्नुहुँदैन दर्शकले मलाई माया गर्नुहुन्छ फिल्म हेर्नुहुन्छ ।

रिपोर्ट :

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  २ : ३२ बजे

कालीगण्डकी करिडोर : सेतोखोलामा मोटरेबल पुल निर्माण

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको

नेपाल वायुसेवा निगमद्वारा असोज मसान्तसम्मको जहाजको ऋण भुक्तानी

काठमाडौं – नेपाल वायुसेवा निगमले २०८२ असोज मसान्तसम्मको जहाजको ऋण

दक्षिण कोरियामा हुने शिखर वार्तामा चिनियाँ समकक्षी सीसँग भेट्ने ट्रम्पको भनाइ

वासिङ्टन – दक्षिण कोरियामा हुने एपेक शिखर सम्मेलनका क्रममा चीनका

पोखरा विश्वविद्यालयबाट पहिलोपटक एआइ विषयमा स्तानक कार्यक्रम सञ्चालन

काठमाडौं – पोखरा विश्वविद्यालयले पहिलोपटक आङ्गिक क्याम्पसबाट कृत्रिम बौद्धिकता र

जनकपुरमा गोली चल्यो

धनुषा – जनकुपरमा गोली चलेको छ । जनकपुर उपमहानगरपालिका–७ स्थित