सञ्चारमन्त्री भन्छन्- संविधान संशोधन, सुशासन र अर्थतन्त्र चलायमानका पक्षमा सरकार क्रियाशील छ « Khabarhub

सञ्चारमन्त्री भन्छन्- संविधान संशोधन, सुशासन र अर्थतन्त्र चलायमानका पक्षमा सरकार क्रियाशील छ


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकका दुई ठूला राजनीतिक दलको सहमतिमा निर्माण भएको वर्तमान सरकारको प्रमुख प्राथमिकता संविधान संशोधनसहित नागरिकलाई सुशासन दिने र अर्थतन्त्रलाई चलायमान बनाउने रहेकाले सोही अनुसार काम भइरहेको बताएका छन् । 

नेपाल सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री गुरुङले आज भैरहवास्थित गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै आम जनताको अपनत्व हुनेगरी संविधान संशोधन प्रक्रिया अघि बढेको र सुशासन कायम गर्नेगरी काम भइरहेको बताए ।  

उनले सत्ताघटक दुई ठूला पार्टी नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेताहरू सम्मिलित कार्यदलले संविधान संशोधनका विषय पहिल्याउने गरी काम गरिरहेको जानकारी दिए । 

सञ्चारमन्त्री गुरुङले प्रारम्भिक चरणमा संविधानका सबल र दुर्बल पक्षमा छलफल गरी संशोधन गर्नुपर्ने विषय पहिचान गरी त्यसमा अन्य सत्तारूढ दलहरूसँगको छलफलपछि साझा अवधारणासहित प्रतिपक्ष दलहरूसँग समेत छलफल गरी मुलुकका सबै राजनीतिक पार्टीहरूको  सहमतिमा संविधान संशोधन गरिने स्पष्ट गरे । 

उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन सरकारका तर्फबाट आवश्यक गृहकार्यसहित तयार गरिएको १० बुँदे कार्य योजना कार्यान्वयनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय जुटिरहेको जानकारी दिए । सञ्चारमन्त्री गुरुङले अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि त्यसको सञ्चालनमा सरकार नै लाग्नुपर्छ भनेरै १० बुँदे कार्य योजना पारित गरेको पनि बताए ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  १ : ५४ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी