नेपाल-भारत सम्बन्ध विशिष्ट प्रकारको छ : उपप्रधानमन्त्री सिंह | Khabarhub Khabarhub

नेपाल-भारत सम्बन्ध विशिष्ट प्रकारको छ : उपप्रधानमन्त्री सिंह


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल भारत सम्बन्ध विशिष्ट प्रकारको रहेको बताएका छन् ।

नेपाल भारत मैत्री संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल र भारतसम्बन्ध जनस्तरमै रहेको बताए । मैत्री संघले दुई देशबीच जनस्तरमा सम्बन्ध बनाउन र नेपाल भारत सम्बन्ध सुमधुर बनाउन भूमिका खेलेको भन्दै प्रशंसा पनि गरे । 

‘धार्मिक, साँस्कृति पक्षबाट मात्र नभई राजनीतिक रूपमा राजनीतिक क्षेत्रबाट पनि सम्बन्ध रहेको कुरा तपाई हामीले सबैले बुझेकै कुरा हो । नेपाल र भारतमा खासगरि बहुसँख्यक जनता हिन्दु छन् । त्यतीमात्र नभई गौतम बुद्ध लुम्बिनीमा जन्मनुभयो । पछि ज्ञान प्राप्त भएपछि गयादेखि सारनाथसम्म गएर प्रवचन दिनुभयो । धर्मका आधारमा हेर्ने हो भने पनि नेपाल र भारतमा हिन्दु र बौद्धको उत्तिकै महत्त्व छ,’ उपप्रधानमन्त्री सिंहले भने । उनले धेरै अगाडिदेखिनै नेपाल भारतबीच विवाहवारीसमेत चल्ने गरेको पनि बताए । 

धार्मिक,सांस्कृतिक र राजनीतिक रूपमा नेपाल भारत सम्बन्ध महत्त्वपूर्ण रहेको उनको भनाई छ । विगतमा भारतीय स्वतन्त्रता संग्राम हुँदा भारतका नेताहरू नेपालमा आएको र प्रजातन्त्र प्राप्तिको आन्दोलनका बेला नेपाली नेताहरू भारत प्रवासमा गएको पनि सिंहले स्मरण गरे । 

नेपाल र भारत दुवै देशमा बहुसँख्यक नागरिक हिन्दु धर्मावलम्बी रहेको र नेपालमा जन्मिएका बुद्धले भारतमा प्रवचन दिएको भन्दै उनले  हिन्दु र बुद्धिजमको महत्त्व ख्याल गर्नुपर्नेमा जोड दिए । धार्मिक र सांस्कृतिक रूपमा दुई देशबीच गहिरो सम्बन्ध रहेको पनि उपप्रधानमन्त्री सिंहले बताए  । 

नेपालमा २०११ सालमा स्थापना भएको नेपाल भारत सम्बन्ध जनस्तरमा सुमधुर बनाउन मैत्री संघले लामो समयदेखि भूमिका निर्वाह गरेको भन्दै उपप्रधानमन्त्री सिंहले प्रशंसा पनि गरे ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  ३ : २६ बजे

प्रतिकूल मौसमका कारण १७ दिनपछि फाप्लुमा उडान

सोलुखुम्बु– पर्यटकीय जिल्ला सोलुखुम्बुको फाप्लु विमानस्थलमा १७ दिनपछि बुधबार जहाज

प्रधानमन्त्री ओली शनिबार स्पेनको औपचारिक भ्रमणमा जाँदै, यस्तो छ तालिका

काठमाडौं–  प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणका

५५ वर्ष अघिको वराहक्षेत्र र ऐतिहासिक स्थलहरू

वराहक्षेत्र र त्यसका आसपासका केही स्थलको पुरातात्विक अन्वेषण पुरातत्व विभागले

कपिलले लिन्छन् एक एपिसोडबाट पाँच करोड पारिश्रमिक

काठमाडौं – बलिउड हाँस्य कलाकार कपिल शर्मा टेलिभिजनबाट विश्राम लिइ

अर्को साता इरान र अमेरिकाको वार्ता

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को साता इरान भ्रमण