जोगबनीका सवारीमा स्टिकर टाँसेर पर्यटन वर्ष २०८२ सुरुवात « Khabarhub

जोगबनीका सवारीमा स्टिकर टाँसेर पर्यटन वर्ष २०८२ सुरुवात


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले नेपाल भारत सीमा नाका जोगबनीमा पर्यटकीय सवारी साधनमा स्टिकर टाँसेर पर्यटन वर्ष २०८२ को अभियानको सुरुवात गरेका छन् ।  

शुक्रबार मुख्यमन्त्री कार्कीले सो अभियानको उद्घाटन गर्दै स्टिकर टाँसेपछि पर्यटकमा हुने अनावश्यक झन्झट र दुःख हट्ने बताए । २०८२ लाई पर्यटन वर्ष घोषणा गरेको प्रदेश सरकारले पर्यटकहरूलाई सहज र सहज र सरल होस् भनेर यो अभियान सुरु गरेको हो । 

भारतबाट आउने पर्यटकहरूलाई  प्रहरीले अनावश्यक दुःख दिने गरेको गुनासो आएपछि यो अभियानलाई कोशी प्रदेशभरि लागू गर्न लागेको हो । मुख्यमन्त्री कार्कीले नेपालीहरूको मूल मर्म अतिथि देव भव भएकाले अतिथिको सम्मान गर्नु सबैको दायित्व भएको बताउँदै अतिथिलाई सम्मान गरेर पर्यटन वर्ष सफल पार्न आग्रह गरे । 

उनले पर्यटन वर्ष सफल भएमा आर्थिक समृद्धि र विकास सम्भव हुने धारणा राखे । कोशी प्रदेश सरकारले आगामी वैशाख १ गतेदेखि पशुपतिनगर, काँकरभिट्टा, भान्टाबारी र जोगबनी नाकामा स्टिकर टाँस्ने व्यवस्था गरेको जनाएको छ । 

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  ८ : ०६ बजे

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको