वन्यजन्तुले दुःख दिँदा धान लगाउने खेतमा माछापालन « Khabarhub

वन्यजन्तुले दुःख दिँदा धान लगाउने खेतमा माछापालन


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– वन्यजन्तुले बालीनालीमा क्षति पुर्‍याएपछि मध्यवर्ती वन सीमासँग जोडिएका किसान माछापालनतर्फ लागेका छन् ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यवर्ती क्षेत्रबाट आउने वन्यजन्तुले बाली नोक्सान गर्न थालेपछि यहाँका कतिपय किसान माछापालनतर्फ लागेका हुन् ।

कावासोती नगरपालिका– ७, साँढका सडककुमार चौधरीले आफूले पहिले धान खेती गदै आएको जमिनमा पोखरी खनेर माछापालन गर्दै आएको बताए । धान लगायतका अन्य बाली राम्रो हुने भए पनि भित्र्याउने समयसम्म मध्यवर्ती वनबाट आउने वन्यजन्तुले सबै क्षति पुर्‍याउन थालेपछि टोलका सबैले सल्लाह गरी पोखरी खनेर माछापालन सुरु गरेको उनको भनाइ छ ।

‘पहिला धान राम्रै फल्थ्यो, जनावरले खाएर सखाप पार्न थालेपछि पोखरी खनेर माछा पाल्न थालेका हौँ’,  चौधरीले भने । पोखरी खन्न मध्यवर्ती सामुदायिक वनले समेत सहयोग गरेको हो । माछापालनबाट राम्रै आम्दानी गर्न सकिने गरेको चौधरीले बताए ।

यहाँका रामनगर, साँढ र गैरी टोलका प्रायः सबैले माछापालन गरेका छन् । वन सीमासँग जोडिएका यी टोलमा मात्र करिब १०० पोखरी रहेको कावासोती नगरपालिका– ७ का वडाध्यक्ष गोविन्दप्रसाद महतोले बताए । लगाएको बाली वन्यजन्तुले खाएर सताएपछि पोखरी खनेर माछा पालन गर्न थालेका स्थानीयको  आम्दानीको माध्यम पनि माछापालन भएको छ ।

‘वन्यजन्तुले बाली नाली खान्थ्यो, अब माछा खानेकुरा भएन, राम्रो नै रहेको छ, केहीले आम्दानीसमेत धेरै राम्रो गरेका छन्’, वडा अध्यक्ष महतोले भने । वडाले गत वर्ष ५० प्रतिशत अनुदानमा माछाको दानासमेत उपलब्ध गराएको उनको भनाइ छ ।

कावासोती नगरपालिका पशुपन्छी विकास शाखाका प्रमुख डा. टेकराज पौडेलका अनुसार पालिकाको मध्यवर्ती सामुदायिक वनसँग जोडिएका वडामा माछा पालन गर्ने किसान बढ्दै गएका छन् । वन्यजन्तुले बालीमा क्षति पुर्‍याउँदा त्यसको विकल्प र उक्त क्षेत्रमा पानीको राम्रो स्रोत भएकाले समेत माछा पालन गर्ने किसान बढेको उनले बताए ।

पालिकाका वडाहरू ७, १०, ११, १३, १४, १५, र १७ माछा पकेट क्षेत्रका रूपमा रहेको शाखा प्रमुख डा. पौडेलले बताए ।

कावासोती नगरपालिकाले माछा पालन गर्ने किसानलाई मत्स्य यान्त्रिकरण सहयोग कार्यक्रम राखेर मोटर, एरिएटर, जाललगायतका सामग्री ७५ प्रतिशत अनुदानमा उपलब्ध गराएको, समय समयमा माछाको भुरा अनुदानमा उपलब्ध गराउनेलगायतका सहयोग गर्दै आएको शाखा प्रमुख डा. पौडेलले बताए । 

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  ६ : ४५ बजे

‘देउवा दाइ र हामी गगन कांग्रेसमा जाँदैनौँ’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा निकट दोस्रो तहका धेरै

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै