एमालेले आज झापामा जागरण सभा गर्दै, अध्यक्ष ओलीले सम्बोधन गर्ने « Khabarhub

एमालेले आज झापामा जागरण सभा गर्दै, अध्यक्ष ओलीले सम्बोधन गर्ने


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

झापा– नेकपा एमालेले आज झापाको दमकमा जागरण सभा गर्ने भएको छ । दमकको पशुहाटमा दिउँसो साढे १२ बजे सुरु हुने सभालाई प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

लोकतान्त्रिक गणतन्त्र, संविधानको रक्षा र प्रतिगामी चलखेलका विरुद्ध एमालेले कोशी प्रदेश स्तरीय जागरणसभा आयोजना गरेको हो ।

सभामा सहभागी हुनका लागि कोशी प्रदेशका गाउँगाउँबाट एमालेका कार्यकर्ताहरू दमक आउने क्रम जारी रहेको छ ।

एमालेका अनुसार कार्यक्रम स्थलको पूर्वतर्फबाट आउने सवारी साधनहरू रतुवा पुल पारी रोकेर नारा जुलुस सहित सहभागीहरू पशुहाटस्थित कार्यक्रम स्थलमा प्रवेश गर्नेछन् ।

यसैगरी पश्चिमतिरबाट आउने सहभागीहरू पश्चिम बसस्टेन्डमा सवारी रोकेर नारा जुलुस सहित कार्यक्रम स्थल प्रवेश गर्नेछन् ।

जागरण सभालाई व्यवस्थित गर्नका लागि करिब २ हजार स्वयं सेवक परिचालन गरिएको पार्टीको कोशी प्रदेश इन्चार्ज एवं स्थायी कमिटी सदस्य शेरधन राईले जानकारी दिए ।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  १० : २८ बजे

युवा स्वरोजगार कोषको ६७ करोड कर्जा असुल भएन

काठमाडौं– युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट लगानी गरिएकामध्ये भाखा

छाता ओडेर सडकमा उत्रिए बुटवलका सुकुम्वासी (तस्बिरहरू)

काठमाडौं– रूपन्देहीको बुटवलमा अव्यवस्थित बसोबासी तथा भूमिहीन सुकुम्वासीहरूले प्रदर्शन गरेका

कार दुर्घटनामा चालकको मृत्यु

त्रिवेणी– पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिका–८, खरकट्टा

आइतबारको बिदाले सुनसान देखिएको सिंहदरबार (तस्बिरहरू)

काठमाडौं– संघीय सरकारको प्रमुख प्रशासनिक केन्द्रको रूपमा रहेको सिंहदरबार आइतबारको

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

काठमाडौं– नेपालमा स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक भित्रिने रकम अत्यन्तै