बोली सच्याउँदै देउवा भन्छन्, ‘योगी र राजदूतबीच लखनऊमा भेट भएको हो, दूतावासमा होइन’ « Khabarhub

बोली सच्याउँदै देउवा भन्छन्, ‘योगी र राजदूतबीच लखनऊमा भेट भएको हो, दूतावासमा होइन’


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भारतका लागि नेपाली राजदूत शंकर शर्मासँग लखनऊमा भएको भेटमा राजसंस्थाबारे आफ्नो ‘लाइन’ प्रष्ट्याएको बताएका छन् ।

शनिबार टोखामा आयोजित वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको साधारण सभालाई सम्बोधन गर्दै उनले केही दिनअघि आफूले दिएको अभिव्यक्ति सच्याएका हुन् । देउवाले गलत सूचनाको आधारमा उक्त कुरा अभिव्यक्त गरिएको पनि बताए ।

‘अस्ती मैले बोल्दा गलत सूचनाको आधारमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री दिल्लीको हाम्रो राजदूताबासमा आउनुभएको भनेँ, त्यो होइन । दिल्लीका राजदूतले घटनाका बारेमा जानकारी गराउँदा उहाँ (योगी) ले हामी राजाको पक्षमा छैनौँ, यो बेकारको हल्ला हो, भन्नुभएको भन्न चाहन्छु । दूतावासमा आउनुभएको होइन, यो पनि म खण्डन गर्न चाहन्छु,’ सभापति देउवाले भने ।

गणेशमान फाउन्डेसनले चैत २५ गते आयोजना गरेको कार्यक्रममा पूर्वप्रधनमन्त्री देउवाले मुख्यमन्त्री योगी नयाँ दिल्लीस्थित नेपाली दूतावासमा गएर आफ्नो ‘लाइन’ प्रष्ट पारेको अभिव्यक्ति दिएका थिए ।

‘आदित्यनाथको फोटो पनि छापियो यहाँ । तर, मलाई के थाहा छ भने आदित्यजीले जो हाम्रो भारतमा दूतावास छ, दूतावासमा गएर झुटा कुरा हो, मेरो कुनै हात छैन । नेपालका जनताले जे चाहन्छन् त्यही हुन्छ,’ देउवाले भनेका थिए, ‘म राजा ल्याउने पक्षमा छैन भनेर आफैँले दिल्ली दूतावासमा गएर भन्नुभएको हुनाले हामीलाई के लागेको छ भने भारत नेपालसित छ । गणतन्त्रसित छ । प्रजातन्त्रसित छ ।’

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  १ : २६ बजे

युवा स्वरोजगार कोषको ६७ करोड कर्जा असुल भएन

काठमाडौं– युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट लगानी गरिएकामध्ये भाखा

छाता ओडेर सडकमा उत्रिए बुटवलका सुकुम्वासी (तस्बिरहरू)

काठमाडौं– रूपन्देहीको बुटवलमा अव्यवस्थित बसोबासी तथा भूमिहीन सुकुम्वासीहरूले प्रदर्शन गरेका

कार दुर्घटनामा चालकको मृत्यु

त्रिवेणी– पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिका–८, खरकट्टा

आइतबारको बिदाले सुनसान देखिएको सिंहदरबार (तस्बिरहरू)

काठमाडौं– संघीय सरकारको प्रमुख प्रशासनिक केन्द्रको रूपमा रहेको सिंहदरबार आइतबारको

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

काठमाडौं– नेपालमा स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक भित्रिने रकम अत्यन्तै