‘नेपाली मिडिया समाजका पहरेदार’ « Khabarhub

‘नेपाली मिडिया समाजका पहरेदार’


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

ललितपुर– नेपाली कांग्रेस केन्द्रीय सदस्य उदय शम्शेर जबराले नेपाल पत्रकार मञ्चको शनिबार ललितपुरमा आयोजित सातौँ महाधिवेशनको उद्घाटन गर्दै दक्षिण एशियाली देशका तुलनामा नेपाली ‘मिडिया’ स्वतन्त्र, निष्पक्ष र प्रभावकारी भएको बताएका छन्

प्रतिनिधिसभा सदस्यसमेत रहेका उनले नेपाली मिडिया समाजका पहरेदारका रुपमा क्रियाशील रहेकामा सराहना गरे ।

नेपाल पत्रकार महासङ्घका महासचिव रामप्रसाद दाहालले पत्रकारको हकहितका लागि पत्रकार महासङ्घ सधैँ क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे । सार्वजनिक प्रसारण सेवा नेपाल टेलिभिजनका नायब महाप्रबन्धक आरती चटौतले पत्रकारिता जोखिमपूर्ण पेसा भएको बताउँदै राज्यले पत्रकारिताको संवेदनशीलतालाई ध्यान दिनुपर्नेमा जोड दिइन्ु ।

मञ्चका अध्यक्ष युवराज विद्रोहील कुनै पनि राजनीतिक दलमा पत्रकार लाग्न नहुनेमा जोड दिए ।

सो अवसरमा क्रियाशील पत्रकारिता पुरस्कार नायब महाप्रबन्धक चटौत, प्रताप स्मृति पत्रकारिता पुरस्कार अन्नपूर्ण पोष्ट दैनिकका रामकला खड्कालाई प्रदान गरिएको थियो ।

गौरीनारायण श्रेष्ठ मध्याह्न पुरस्कार चन्द्र सूर्यवाणी डटकमका सम्पादक सन्तोष मिश्रलाई, नाजीर उद्दीप स्मृति पत्रकारिता पुरस्कार चेतनराज सापकोटा, डा चुडाबहादुर श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कार फोटोपत्रकार घनश्याम श्रेष्ठ र बल्लभ भण्डारी स्मृति पत्रकारिता पुरस्कार टेलिभिजन पत्रकार टङ्ककला तिमल्सिनालाई प्रदान गरिएको थियो ।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  २ : १२ बजे

‘देउवा दाइ र हामी गगन कांग्रेसमा जाँदैनौँ’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा निकट दोस्रो तहका धेरै

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै