‘राजा फर्काउँछु भन्नेलाई होइन पशुपतिका बाँदरलाई मन्त्री बनाउँदा राम्रो’ « Khabarhub

‘राजा फर्काउँछु भन्नेलाई होइन पशुपतिका बाँदरलाई मन्त्री बनाउँदा राम्रो’


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजा फर्काउँछु भन्नेहरूलाई मन्त्री, प्रधानमन्त्री बनाउनुभन्दा पशुपतिका बाँदरलाई बनाउँदा राम्रो हुने टिप्पणी गरेका छन् ।

नेकपा एमाले कोशी प्रदेशले झापाको दमकमा आयोजना गरेको जागरण सभामा बोल्दै प्रधानमन्त्री ओलीले देशलाई अस्थिरतातर्फ लैजान तमासा भइरहेको बताए । उनले ढुङ्गा हान्न जानेकाले देश चलाउँछु भनेर उधुम मच्चाएको टिप्पणी गरे ।

‘ड्राइभिङ नजानेकाले राम्रोसँग गाडी चलाउँछु भनिरहेका छन् ।’ प्रधानमन्त्री ओलीले भने, ‘दुईचार मान्छेले राजा फर्काउँछौं भन्दै हिँडेका छन् । गाडीको हुटमा चढेर हात हल्लाउँदै हिँडेर राजा आउँदैनन् ।’

प्रधानमन्त्री ओलीले राजा ल्याउँछौं भन्नेले रक्सी चोर्दै, भाग्दै हिँडेको बताए । देशमा सुशासन र विकास भइरहेको समेत प्रधानमन्त्री ओलीको दाबी थियो ।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  ३ : ४८ बजे

‘देउवा दाइ र हामी गगन कांग्रेसमा जाँदैनौँ’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा निकट दोस्रो तहका धेरै

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै