रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा « Khabarhub

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

कार्यवाहक सभापति डीपी अर्यालको अध्यक्षतामा बस्ने बैठकमा मुलुकमा विकसित पछिल्ला राजनीतिक घटनाक्रम, पार्टीका आगामी गतिविधि, अघिल्लो बैठकको निर्णय, ब्लुप्रिन्ट कार्यदल, सदस्यहरूको संक्षिप्त रिपोर्टिङबारे छलफल हुनेछ ।

यस्तै, बैठकले पार्टीको जनयात्राबारे पनि ठोस निर्णय गर्ने बताइएको छ । रास्वपाले गत चैत २३ गते चितवनबाट जनयात्रा सुरु गरेको थियो । तर, पार्टी सभापति रवि लामिछानेविरुद्ध रूपन्देही जिल्ला अदालतको धरौटीमा रिहा गर्ने निर्णय उल्ट्याउँदै चैत २२ उच्च अदालत तुलसीपुरले थुनामा पठाउने आदेशसँगै अन्योल भएको छ ।

रास्वपाले पहिलो दिनको जनयात्रा कार्यक्रम अन्तर्गत चितवनमा सभा गरे पनि त्यसपछि यसलाई निरन्तरता दिन सकेको छैन ।

बैठकमा पार्टीको पहिलो महाधिवेशन कार्य विवरण सम्बन्धमा पनि छलफल हुने झाले जानकारी दिए । यसअघि रास्वपाले वैशाख २५ देखि २७ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर पार्टी सभापति लामिछाने कारागारमा रहेकाले उक्त समयमा महाधिवेशन हुने नहुने बारेमा बैठकले ठोस निर्णय गर्ने बुझिएको छ । 

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  ६ : ५१ बजे

सरकारी संवाद समितिको टोली दलहरूको कार्यालयमा

काठमाडौं– नेपाल सरकारको उच्चस्तरीय संवाद समितिको टोलीले निर्वाचनको वातावरण बनाउन

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग