माग पूरा नभए एसईईको उत्तरपुस्तिका नजाँच्ने शिक्षकको अडान, बानेश्वरमा धर्ना | Khabarhub Khabarhub

माग पूरा नभए एसईईको उत्तरपुस्तिका नजाँच्ने शिक्षकको अडान, बानेश्वरमा धर्ना


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै आन्दोलनरत शिक्षकहरूले नयाँ बानेश्वरमा धर्ना दिएका छन् ।  

माइतीघरबाट प्रदर्शनसहित बानेश्वर पुगेर शिक्षकहरूले सडकमा धर्ना दिएका हुन् । नयाँ बानेश्वरको निषेधित क्षेत्रबाट अघि बढ्न प्रहरीले रोकेपछि उनीहरू सडकमा नै धर्ना दिएर बसेका हुन् । 

आफूहरूसँग भएका सहमतिका आधारमा यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने भन्दै नेपाल शिक्षक महासंघले महासंघले लगातार काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन् । शिक्षकहरूको आन्दोलनका कारण नयाँ शैक्षिक सत्र प्रभावित भएको छ । 

महासंघले संसद्को वर्षे अधिवेशन तत्काल बोलाएर, विशेष अधिवेशन आह्वान गरेर वा अध्यादेशबाट शिक्षा ऐन जारी गर्नुपर्ने अडान राखेको छ ।

त्यस्तै महासंघले विद्यार्थी भर्ना अभियानमा सहभागी नहुने, कक्षा १२ को परीक्षा कार्यक्रममा सहभागी नहुने, एसईईको उत्तरपुस्तिका परीक्षण नगर्ने निर्णय समेत गरेको छ । आफ्ना माग पुरा नभएसम्म शैक्षिक हडताल जारी राख्ने महासंघको अडान छ । 

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  २ : ११ बजे

वित्तीय समानीकरण अनुदान कटौती नगर्न सरकारलाई चेतावनी, ७ अर्ब ९५ करोड  निकासा गर्न माग

पोखरा– गाउँपालिका राष्ट्रिय महासंघ नेपाल र नेपाल नगरपालिका संघले सरकारले

पञ्चेबाजा र हुर्केउली संस्कृतिको जगेर्ना गर्दै जगन्नाथ 

धनगढी– संस्कृति र सभ्यता मानव समाजका सम्पत्ति हुन् । मानवको परिचय

देशभर मनसुनी वायुको प्रभाव

काठमाडौं– देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । जल तथा

क्लब विश्वकप : युभेन्ट्समाथि म्यानचेस्टर सिटीको फराकिलो जित

काठमाडौं – फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको बिहीबार राति भएको

रित्ता कक्षाकोठा रुँगेर बस्दै गाउँका शिक्षकहरू, छैनन् विद्यार्थी

म्याग्दी– विद्यार्थी नभएपछि बेनी नगरपालिका–५ माथिल्लो गाजनेको जगन्नाथ आधारभूत र