इजरायलको युद्ध विरामको प्रस्ताव हमासले गर्‍यो अस्वीकार « Khabarhub

इजरायलको युद्ध विरामको प्रस्ताव हमासले गर्‍यो अस्वीकार


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

इजरायल – हमासले गाजामा ६ महिना पूर्ण युद्ध विरामको प्रस्तावलाई अस्वीकार गरेको छ। इजरायलले हमासले हतियार पुरै बुझाएमा ६ महिना युद्ध विराम गर्ने प्रस्ताव राखेको थियो।

हमाससँग निकट सम्बन्ध रहेका प्यालेस्टाइनीका अनुसार इजरायलको सो योजनाले हमासले हतियार बुझाएर बाँकी रहेका बन्दी रिहा गरे पनि प्यालेस्टाइनबाट सबै इजरायली सेना हट्ने कुरामा विश्वास नभएको बताए।

इजरायलले गाजामा लगातार सैन्य आक्रमण गरिरहेकै समयमा यो प्रस्ताव आएको हो। खान युनिसमा भएको पछिल्लो आक्रमणमा एक सुरक्षाकर्मीको ज्यान जानुको साथै ९ जना घाइते भएका थिए।

इजरायल डिफेन्स फोर्स (आइडिएफ) ले भने आफूहरूले हमासको सेलमा आक्रमण गरेको जनाएको छ।

यसैबीच संयुक्त राष्ट्र संघले गाजामा मानवीय आवश्यकताको अभाव १८ महिना यताकै सबैभन्दा खराब अवस्थामा रहेको जनाएका छन्।

राष्ट्र संघले गाजामा खाद्यान्न अभाव नभएको भन्दै इजरायलले झुटको खेती गरी रहेको बताउँदै यो अन्तर्राष्ट्रिय मूल्य र मान्यताको बर्खिलाप भएको जनाएको छ।

इजरायली प्रधानमन्त्री नेतान्याहुले हमासलाई बाँकी रहेको बन्दी रिहा गर्नका लागि दबाब दिनकै लागि सो बन्देज लगाइएको बताएका छन्।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  १० : ०१ बजे

तोकिएको जरिवाना नबुझाउने छ वटा राजनीतिक दल खारेज

काठमाडौं– निर्वाचन आयोगले तोकिएको जरिवाना नबुझाएका छ वटा राजनीतिक दलको

एनएमबि बैंकलाई डिजिटल सर्भिसेज् आइसीटी अवार्ड २०२५ प्रदान

काठमाडौं– एनएमबि बैंक लिमिटेडले डिजिटल रूपान्तरणमार्फत सेवा प्रवाह गरेबापत डिजिटल

नेपाल पहिलोपटक अन्तर्राष्ट्रिय आईस स्केटिङ प्रतियोगितामा सहभागी हुँदै

काठमाडौं– नेपालले इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको आईस स्केटिङ प्रतियोगितामा

रुस-युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक

एजेन्सी – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेंस्कीले अमेरिकाको नेतृत्वमा तयार गरिएको

लहान र धनगढीमाईमा बजार अनुगमन

सिरहा– जिल्लामा उपभोक्ता हित संरक्षण गर्ने उद्देश्यले निरन्तर रूपमा बजार