उपप्रधानमन्त्री सिंहले गरे लोहन्द्र पुलको उद्घाटन « Khabarhub

उपप्रधानमन्त्री सिंहले गरे लोहन्द्र पुलको उद्घाटन


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

माेरङ– उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले लोहन्द्र पुल उद्घाटन गरेका छन् । बुधबार विराटनगर पुगेका सिंहले जहदा र कटहरी जोड्ने पुलको उद्घाटन गरेका हुन् । 

सो स्थानमा पक्की पुल बनेपछि स्थानीयहरूलाई आवतजावतमा सहजता थपिएको छ । `मोरङको जहदा गाउँपालिका र कटहरी गाउँपालिका जोड्ने लोहन्द्रा पुलको आज उद्घाटन भयो । यो पक्की पुलको निर्माणसँगै यहाँका नागरिकहरूको दैनिकीमा सहजता थपिने र यहाँको आर्थिक गतिविधि बढ्ने विश्वास लिएको छु´, पुल उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले भने  ।

उनले आफूहरू राजनीतिमा जनतालाई अधिकार दिलाउँदै त्यसको संरक्षण गर्न र त्यसैका आधारमा विकास निर्माणमार्फत नागरिकको जीवन र जीविकोपार्जन सहज बनाउन अघि बढिरहेको पनि बताए  ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ११ : ३० बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका