ढल्केवर ग्रिडमा आगलागी हुँदा, महोत्तरीको बिद्युत् सेवा अवरुद्ध « Khabarhub

ढल्केवर ग्रिडमा आगलागी हुँदा, महोत्तरीको बिद्युत् सेवा अवरुद्ध


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– नेपाल विद्युत प्राधिकरणको ढल्केवर ग्रिडको विभिन्न उपकरणमा आगलागी हुँदा आज बिहानदेखि धनुषा र महोत्तरी जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको छ । 

शुरुमा सर्लाही जिल्लाको पनि विद्युत् अवरुद्ध भएको थियो तर त्यहाँ मरम्मत गरी अर्को फिडबाट लाइन सुचारु भएको नेपाल विद्युत् प्राधिकरणको प्रादेशिक कार्यालय प्रमुख शम्भु कुसियैतले जानकारी दिएका छन् । 

ढल्केवर ग्रिडमा मरम्मत कार्य बिहान साढे ८ बजेदेखि भइरहेकोले आज साँझसम्म दूबै जिल्लामा लाइन सुचारु हुने उनले जानकारी दिए ।

आज बिहान साढे ७ बजे ढल्केवर ग्रिडमा केबुल, ब्रेकर,लगायत विभिन्न उपकरणमा विद्युत् सर्ट भई आगलागी भएको छ ।

आगलागी एक घण्टामै नियन्त्रणमा आएको थियो । प्राधिकरणको प्रादेशिक कार्यालय प्रमुख कुशियैतका अनुसार आगो नियन्त्रणमा आउनासाथ मरम्मत कार्य सुरु गरिएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  १२ : ४६ बजे

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि