कोशी लगानी सम्मेलन : ५४ योजनामा १ खर्ब ३९ अर्ब लागतको सोकेसिङ गर्ने तयारी « Khabarhub

कोशी लगानी सम्मेलन : ५४ योजनामा १ खर्ब ३९ अर्ब लागतको सोकेसिङ गर्ने तयारी


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोशी प्रदेश सरकारले लगानी सम्मेलनका लागि १ खर्ब ३९ अर्ब रुपैयाँको परियोजना सोकेसिङ गर्ने तयारी गरेको छ ।

वैशाख १८ र १९ गते विराटनगरको वीरेन्द्र सभागृहमा हुने लगानी सम्मेलनमा प्रदेश सरकारले ५४ वटा योजनाहरू सोकेसमा राख्ने तय गरेको छ ।

लगानी सम्मेलनको तयारीबारे जानकारी दिन बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सम्मेलनको तयारी पूरा भएको जानकारी दिए । सोकेस गर्ने आयोजना, कानुन संशोधन गर्ने प्रकृयालगायतका सबै विषयमा तयारी पूरा भएको मुख्यमन्त्री कार्कीले बताए ।

लगानी सम्मेलनमा सुनिश्चित भएको लगानी कार्यान्वयनमा लैजानका लागि समेत सचेत भएर काम गरिरहेको मुख्यमन्त्री कार्कीको भनाइ छ ।

लगानी सम्मेलनमा मुख्य गरी पर्यटन क्षेत्रका योजना समेटिएको र त्यसबाहेक उद्योग र आईटी क्षेत्रलाई पनि समेटेको मुख्यमन्त्री कार्कीले जानकारी दिए । मुख्यमन्त्री कार्कीले संघीय सरकारसँगको समन्वयमा कानुन संशोधन र आवश्यक पर्ने नीतिहरू संशोधन गर्ने बताए ।

उनले लगानी सम्मेलनले कोशी प्रदेशमा लगानीको वातावरण निर्माण हुने र यसले रोजगारी सिर्जनामा सहयोग हुने बताउँदै लगानी सम्मेलनमार्फत् राष्ट्रिय पुँजीको विकास हुने धारणा राखे ।

राष्ट्रिय आयको वृद्धिमा यसले सहयोग पुर्‍याउने चर्चा गर्दै विगतमा भएका लगानी सम्मेलनबाट पाठ सिक्दै अधिकतम लगानी भित्र्याउने र लगानीको सुनिश्चितताको लागि यो लगानी सम्मेलन सफल हुने मुख्यमन्त्री कार्कीले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री रेवतीरमण भण्डारीले लगानी सम्मेलनका लागि सबै खालका कानूनी अड्चन फुकाउने गरी काम भइरहेको बताए ।

‘लगानी सम्मेलनलाई लक्षित गरेर कानूनहरू संशोधन गर्ने र नयाँ कानून बनाउने काम भइरहेको छ,’ मन्त्री भण्डारीले भने, ‘८ वटा प्रदेश कानून संशोधन गर्ने र एउटा नयाँ कानून बनाउने क्रममा छौँ ।’

लगानी सम्मेलन पहिलो पटक आयोजना गर्न लागिएकाले स्थानीय तह, संघीय सरकार र निजी क्षेत्रको सहकार्य र समन्वयमा लगानी सम्मेलनको तयारी अगाडि बढेको मन्त्री भण्डारीले बताए ।

कोशी प्रदेशमा सार्वजनिक, निजी साझेदारीअन्तर्गतका परियोजनालाई कार्यान्वयनका लागि सरलीकृत वातावरण निर्माण गर्न कानूनी, नीतिगत सुधार र प्रशासनिक सहजता प्रदान गर्ने मन्त्री भण्डारीले जानकारी दिए ।

लगानी प्राधीकरणका कार्यकारी अधिकृत सरोज कोइरालाका अनुसार पर्यटन क्षेत्रमा १५ वटा भौतिक पूर्वाधारमा १४ वटा योजना बनेका छन् । यस्तै लगानी सम्मेलनमा कृषिका ९ उद्योगमा ९ वटा परियोजना समावेश गरिएको छ ।

यस्तै सूचना प्रविधि क्षेत्रमा २ वटा र वेस्ट म्यानेजमेन्ट क्षेत्रमा २ वटा परियोजना सम्मेलनका लागि सोकेसिङ भएको छ । लगानी सम्मेलनमार्फत् होटल, रिसोर्ट, वाटरपार्कलगायतका योजना सोकेसिङ भएका छन् । यसैगरी सञ्चालनमा रहेका केही परियोजनालाई समेत सोकेसमा राखिएको छ ।

कोशी प्रदेश लागानी सम्मेलन सचिवालयका संयोजक तथा प्रदेश सचिव पवनकुमार तिमिल्सेनाका अनुसार सम्मेलन सफल बनाउन विभिन्न समिति गठन भइसकेका छन् । नीतिगत, कानूनी सुधार तथा प्रशासनिक सहजताका पक्षमा पनि तयारी अघि बढाइएको छ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  १२ : ४८ बजे

शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन उच्च अदालत पाटनको आदेश

काठमाडौं- उच्च अदालत पाटनले शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई पुर्पक्षका

अमेरिका–साउदीबीच गैरसैनिक आणविक सम्झौता घोषणा

एजेन्सी– संयुक्त राज्य अमेरिका र साउदी अरबले साउदीमा गैरसैनिक आणविक

एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता

चितवन– चितवनमा गत आर्थिक वर्ष २०८२-८३ मा एक हजार ८७६