नेपाल महिला संघका २० केन्द्रीय सदस्यले दिए राजीनामा « Khabarhub

नेपाल महिला संघका २० केन्द्रीय सदस्यले दिए राजीनामा


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल महिला संघका २० केन्द्रीय सदस्यहरूले पदबाट राजीनामा दिएका छन् । अध्यक्ष उषा राउत मिश्रको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनीहरूले सामूहिक राजीनामा दिएका हुन् । 

राजीनामा दिनेमा केन्द्रीय सदस्यहरू चन्द्रदेवी जोशी, रिता शाही, छाया सुनार, डा. अमिता प्रधान शाक्य, उमा शिवाकोटी, रञ्जिता गिरी, डा. सीता घिमिरे, तारा थपलिया, सुष्मा तिवारी, लक्ष्मी बाराकोटी, नवोदिता चौधरी, भगवती केसी, मिरादेवी चन्द, पार्वती चन्द, गीता गुरुङ, लिलाकुमारी नेपाल, राधा कुँवर र पार्वती आचार्य रहेका छन् ।  

राजीनामा दिएका केन्द्रीय सदस्यहरूले अध्यक्ष मिश्रमाथि हालसम्मे विधानबमोजिम कुनै पनि कार्यक्रम अघि बढाउन नसकेको आरोप लगाएका छन् । 
‘संगठन क्रमशः ओरालो लाग्दै गएको दुःखद अवस्थालाई टुलुटुलु हेरेर बस्न उपयुक्त नलागेका कारण पार्टी र नेपाल महिला संघको सुदूर उज्ज्वल भविष्यका निमित्त केन्द्रीय सदस्य पदबाट सामूहिक राजिनामा दिएका छौँ,’ उनीहरूले राजीनामा पत्रमा लेखेका छन् । 

महिला संघमा पनि २०७३ पछि महाधिवेशन हुन सकेको छैन । अध्यक्ष उमा रेग्मीलाई १४ औँ महाधिवेशनपछि सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय सदस्यमा मनोनित गरेसँगै महिला संघ नेतृत्वविहीन बनेको थियो । 

महिला संघ नेतृत्वविहीन भएपछि देउवाले २०७९ साउन २६ गते सिरहाकी उषा राउत मिश्रलाई अध्यक्षमा मनोनित गरेका थिए । अहिले महिला संघको ५३ सदस्यीय केन्द्रीय तदर्थ समिति छ ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  २ : २४ बजे

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै, संघतर्फ भूमि व्यवस्था र संघीय मामिलाका उच्च

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले नस्याहारेर कसले स्याहार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर

‘रास्वपा संविधानको मूल संरचनामै प्रहार गर्न खोज्दैछ, मुलुक फेरि द्वन्द्वमा जान सक्छ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले

बाढीमा बेपत्ता नागरिकका परिवारलाई कानुनी अधिकारबाट वञ्चित नगर्न सांसदको माग

काठमाडौं-, १ असोजः सांसदहरूले भोटेकोशी तथा रसुवा बाढीमा बेपत्ता नागरिकको