प्रजातान्त्रिक आन्दोलनमा न्यौपानेको योगदान महत्त्वपूर्ण : सभापति देउवा « Khabarhub

प्रजातान्त्रिक आन्दोलनमा न्यौपानेको योगदान महत्त्वपूर्ण : सभापति देउवा


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको प्रजातान्त्रिक आन्दोलनमा गोरखाली नेता चन्द्रप्रसाद न्यौपानेको महत्त्वपूर्ण योगदान रहेको बताएका छन् । जिल्ला विकास समिति गोरखाका पूर्वसभापति न्यौपानेको पहिलो स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले पार्टीको नीति, विचार र सिद्धान्तप्रति प्रतिबद्ध रहँदै दिवङ्गत न्यौपानेले लोकतान्त्रिक आन्दोलनमा दिएको योगदान अनुकरणीय रहेको बताए। 

‘प्रजातन्त्र पुनःस्थापना, लोकतन्त्रको सबलीकरणका लागि नेपाली कांग्रेस पार्टीले आह्वान गरेको सत्याग्रह र जनआन्दोलनमा सक्रियरूपले सहभागी भएका न्यौपानेले पटकपटक जेल जीवन विताउनुभयो’, देउवाले भने, ‘पञ्चायको कठिन घडीमा पनि पार्टीको नीति, विचार र सिद्धान्तप्रति प्रतिबद्ध रहँदै जिल्लाको विकास निर्माण, स्वास्थ्य र शिक्षा क्षेत्रमा उल्लेख्य योगदान दिए ।’

सभापति देउवाले पार्टी प्रतिबन्धित रहेको अवस्थामा २०२४ सालमै पार्टी जिल्ला कार्यसमिति सदस्य रहेका न्यौपानेले प्रजातन्त्र पुनःस्थापनापछि लामो समयसम्म महासमिति सदस्यसहित विभिन्न भूमिकामा रहेको स्मरण गरे । 

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आफ्नो राजनीतिक यात्राको सुरुआत न्यौपानेबाटै भएको स्मरण गर्दै सिद्धान्तप्रतिको निष्ठा, नैतिकता र सदाचार उहाँबाट अनुशरण गर्न लायक रहेको बताए । 

कांग्रेस नेता एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले न्यौपानेको निष्ठा, त्याग र सिद्धान्तप्रतिको प्रतिबद्धता सदैव प्रशंसनीय रहेको बताए। नेत्री एवं राष्ट्रियसभा सदस्य कमला पन्तले पछिल्लो समय पार्टीमा निष्ठा कमजोर हुँदै गएकामा चिन्ता व्यक्त गर्दै देश र जनताप्रतिको सेवाभाव र विश्वास न्यौपानेबाट सिक्नुपर्ने बताए। 

कांग्रेस गण्डकी प्रदेशका महामन्त्री एवं राष्ट्रियसभा सदस्य किरणबाबु पुनले जटिल राजनीतिक परिस्थितिमा आफ्नो जीवनको बाजी लगाएर न्यौपानेले अघि बढाएको राजनीतिक यात्रा अविस्मरणीय रहेको बताए। नेता डा मिनेन्द्र रिजालले पञ्चायतको कठिन र जटिल अवस्थामा जनतासँग जोडिएर न्यौपानेले प्रजातन्त्र र लोकतन्त्रका निम्ति आफूलाई समर्पित गरेको बताए। 

कार्यक्रममा कांग्रेस नेता चीनकाजी श्रेष्ठ र नन्दलाल न्यौपानेलगायतले दिवङ्गत न्यौपानेको राजनीतिक जीवनको चर्चा गर्दै उहाँको विचार र भावना अनुशरण गर्न सकेमात्रै सञ्चा श्रद्धाञ्जली हुने बताए। 

सो अवसरमा सभापति देउवाले ‘चन्द्रप्रसाद न्यौपाने स्मृति ग्रन्थ’ लोकार्पण गरेका थिए । सो ग्रन्धमा विसं २०१४ देखि राजनीतिक यात्रा आरम्भ गरेका न्यौपानेसम्बन्धी ४७ वटा संस्मरणात्मक लेखरचना समावेश छन् । 

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  २ : २६ बजे

३२ औं पटक सगरमाथाको शिखरमा पुगे कामिरिता

काठमाडौं-  विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३२ औंपटक सगरमाथा आरोहण

नबिल बैंकको एनबैंक एपमार्फत एसआइपी सेवा लिन सकिने

काठमाडौं– नबिल बैंक लिमिटेडले बैंकिङ एप ‘एनबैंक’मा ‘लगानी’ सम्बन्धी सेवा

एक महिने मत्स्यनारायण मेला सुरु (तस्बिर)

काठमाडौँ– काठमाडौँको मच्छेगाउँ (मत्स्यगाउँ) स्थित मच्छेनारायण मन्दिरमा आजदेखि एक महिने

सत्य बोल्न नसक्ने मानव अधिकार आयोगको औचित्यमाथि प्रश्न

मानव अधिकार आधुनिक लोकतान्त्रिक राज्य व्यवस्थाको आधारभूत मूल्य हो ।

पर्सामा विश्व सडक सुरक्षा सप्ताहमा ट्राफिक सचेतना

वीरगञ्ज– जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको अगुवाइमा विश्व सडक सुरक्षा