आलुखेतीबाट तीन महिनामा आठ लाख आम्दानी « Khabarhub

आलुखेतीबाट तीन महिनामा आठ लाख आम्दानी


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

सुनसरी– सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका– ७ का राजकिशोर मेहताले तीन बिघामा आलुखेती गरेका थिए । उनले सबै खर्चसहित ६ लाख खर्च गरेका थिए । त्यसबाट करिब १४ लाख रुपैयाँ बराबरको आलु उत्पादन गरिएको बताए ।

तीन महिना मेहनत गरेर आलुखेतीबाट आठ लाख आम्दानी गर्न सफल भएको महतोको भनाइ छ । १४ लाखको आलु बिक्री गर्दा सबै खर्च कटाएर आठ लाख आम्दानी भएको उनको भनाइ छ ।  ‘विभिन्न समस्या त छन्, मजदुर, खाद्यमलको अभाव छ । तथापि तीन महिना मेहनत गरेर यो आम्दानी गर्न सफल भयौँ । यो देशमै केही गर्न सकिन्छ भन्ने उदाहरण पनि हो’, मेहताले भने ।

यहाँका अधिकांश हिउँदे बालीका रूपमा मुख्यगरी आलुखेती गर्ने गरेका कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नीलकमल सिंहले जानकारी दिए । यहाँ काडिनल, जनक, कुफरी जपी, भुटानी, सठिया, टिपिएसलगायत जातका आलु लगाउने गरिएको उनको भनाइ छ । समग्रमा वार्षिक रूपमा तीन हजार हेक्टर क्षेत्रफलमा आलुखेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  ८ : ३३ बजे

‘सतिसाले गोल्डकप’को उपाधि इन्ट्रा पथरी–११ लाई

मोरङ– दोस्रो ‘सतिसाले गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले

शीतलहरबाट सिरहामा जनजीवन प्रभावित

सिरहा– शीतलहरका कारण सिरहामा जनजीवन प्रभावित भएको छ । चिसो

पत्रकार सम्मेलन गरेर सय दिनको प्रगति सार्वजनिक गर्दै मन्त्री घिसिङ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग

धुलिखेल–खावा सडकको काम धमाधम (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्डको रोकिएको स्तरोन्नति पुनः