माओवादी जागरण अभियान : नन्दकिशोरलाई लिएर भैरहवामा प्रचण्डको ‘मर्निङ वाक’ « Khabarhub

माओवादी जागरण अभियान : नन्दकिशोरलाई लिएर भैरहवामा प्रचण्डको ‘मर्निङ वाक’


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रूपन्देही पुगेका छन् । पूर्व पश्चिम हुलाकी लोकमार्ग केन्द्रित जनतासँग माओवादी तराई–मधेस जागरण अभियानका क्रममा प्रचण्ड रूपन्देही पुगेका हुन् ।

बुधबार नवलपरासी हुँदै रूपन्देहीको भैरहवा पुगेका दाहाल आज बिहानै कार्यकर्ताका साथ ‘मर्निङ वाक’मा निस्केका छन् । प्रचण्ड आज रूपन्देहीमा हुने विभिन्न कार्यक्रममा सहभागी हुनेछन् ।

यसपटकको जागरण अभियानमा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनसमेत सहभागी छन् ।

नयाँ वर्षको अवसर पारेर माओवादीको तराई–मधेश जागरण अभियान वैशाख १ गते नवलपुरको गैँडाकोटबाट पुनः सुरु गरेको हो ।

यसअघि फागुन १२ गते झापाबाट सुरु भएको अभियान काठमाडौँमा राजावादीको गतिविधि बढेको भन्दै फागुन २४ गते रौतहट पुगेर स्थगित गरेको थियो ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  ९ : ०१ बजे

‘सतिसाले गोल्डकप’को उपाधि इन्ट्रा पथरी–११ लाई

मोरङ– दोस्रो ‘सतिसाले गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले

शीतलहरबाट सिरहामा जनजीवन प्रभावित

सिरहा– शीतलहरका कारण सिरहामा जनजीवन प्रभावित भएको छ । चिसो

पत्रकार सम्मेलन गरेर सय दिनको प्रगति सार्वजनिक गर्दै मन्त्री घिसिङ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग

धुलिखेल–खावा सडकको काम धमाधम (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्डको रोकिएको स्तरोन्नति पुनः