काठमाडौंको इखा पुखु (पोखरी) लाई लिच्छवीकालीन स्वरूपमै बनाउँछौँ : मेयर बालेन « Khabarhub

काठमाडौंको इखा पुखु (पोखरी) लाई लिच्छवीकालीन स्वरूपमै बनाउँछौँ : मेयर बालेन


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरपालिकाको वडा नम्बर १७, १७ र २५ को बीच भागमा अवस्थित इखा पुखु (पोखरी)लाई लिच्छवीकालीन अवस्थाकै स्वरुपमा ल्याउने कार्य सुरु गरेको छ । इखा पुखु एक ऐतिहासिक पोखरी हो ।

महानगरका प्रमुख बालेन शाहले आज सामाजिक सञ्जाल फेसबुकमार्फत पोखरी निर्माणको काम सुरु गरिएको जनाएका छन् । उनले ३ करोड ६४ लाख रुपैयाँको लागतमा पुनर्निर्माण भइरहेको पोखरीको क्षेत्रफल करिब साढे ७ रोपनी रहेको उल्लेख गर्दै ६ रोपनी क्षेत्र भने पानीका लागि छुट्याइएको बताएका छन् ।

पोखरीको वरिपरि २ मिटर चौडाइको पैदलमार्ग निर्माण गरिनेछ, जहाँ मानिसहरू हिँड्न, विचार गर्न र पोखरीको शान्त वातावरण महसुस गर्न सक्नेछन् ।

पोखरी निर्माणसँगै आकाशे पानी सङ्कलन प्रणाली पनि बनाइने मेयर शाहले जनाएका छन् । पोखरीको पुनर्निर्माणले जल प्रणाली (ब्लु ल्याण्डस्केप) को पुनःस्थापना गर्नेछ । यो प्रयास जलचक्र, वातावरण, र सम्पदासँग पुनः सम्बन्ध जोड्ने साझा सङ्कल्प रहेको उनको भनाइ छ ।

काठमाडौं महानगरपालिकाभित्र रहेका प्रख्यात हिटीहरू जस्तै मरुहिति, कोहिति र अन्य ढुंगेधाराहरूसँग पनि इखा पुखुको अन्तरसम्बन्ध रहेको स्थानीय जानकारहरू बताउँछन् ।

विज्ञहरूका अनुसार, पानीको स्रोत व्यवस्थापन गर्न काठमाडौंको उत्तरी सिरान क्षेत्रपाटीमा यो पोखरी निर्माण गरिएको थियो।

कुनै समय क्षेत्रपाटी नै शहरको उत्तरी सिमाना थियो र त्यसभन्दा पर बस्ती थिएन । त्यसैले स्थानीय बासिन्दाले पानी जम्मा गर्न इखा पुखु बनाएका थिए ।

पोखरीको नजिकै इखानारायण मन्दिर स्थापना गरिएको थियो ।  त्यसबेला जमिनमा पानी पुनर्भरणको प्रमुख स्रोतको रूपमा पोखरीलाई लिने गरिन्थ्यो ।

मेयर बालेनका अनुसार अहिलेसम्म पोखरीमा थुप्रिएको फोहोर, झार, र २०७२ को भूकम्पपछि भत्किएका घरहरूको अवशेष हटाइएको छ । सुरुमा २ फिट उत्खनन गरिएको थियो, तर पुराना तहहरू भेटिएपछि थप १ फिट गहिरो खनिएको छ । 

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  ९ : ५६ बजे

सरकारी संवाद समितिको टोली दलहरूको कार्यालयमा

काठमाडौं– नेपाल सरकारको उच्चस्तरीय संवाद समितिको टोलीले निर्वाचनको वातावरण बनाउन

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग