लुम्बिनी ग्याष्ट्रो एण्ड लिभर अपडेट २०२५ सम्पन्न « Khabarhub

लुम्बिनी ग्याष्ट्रो एण्ड लिभर अपडेट २०२५ सम्पन्न


१६ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

बुटवल– बुटवलमा रहेको ग्याष्ट्रो सेन्टर बुटवल र बीएलके म्याक्स हस्पिटल दिल्लीको संयुक्त आयोजनामा सम्पन्न लुम्बिनी ग्याष्ट्रो एण्ड लिभर अपडेट २०२५ सम्मेलन सम्पन्न भएको छ । 

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले सम्मेलनको उद्‌घाटन गर्दै स्वास्थ्य क्षेत्रको समग्र विकासको लागि निजी क्षेत्र र राज्यले मिलेर काम गर्न आवश्यक रहेको बताएका छन् । चिकित्सकहरूले आफ्नो व्यवसायिक मर्यादा कायम राख्नु पर्ने र आफ्नो क्षेत्रमा मात्र कार्य गर्नुपर्ने उनले बताए । नवीनतम अनुसन्धान, खोज र अन्तर्राष्ट्रिय अनुभव आदान प्रदान गर्नु राम्रो रहेको मन्त्री सारुको भनाई छ । 

त्यस्तै कार्यक्रममा बेल्दै बीएलके म्याक्स हस्पिटल दिल्लीका तर्फबाट नेपालका कन्ट्री म्यानेजर, सविन कार्कीले यस्ता कार्यक्रमहरूले आपसमा अत्यन्त फाइदाजनक आदानप्रदान हुने बताए । 

लुम्बिनी प्रदेशका १०० जना भन्दा बढी विशेषज्ञ चिकित्सकहरूको सहभागिता रहेको ग्याष्ट्रो सम्मेलनमा चिकित्सकहरूले अनुभव, प्रविधिको प्रयोग बारेमा जानकारी गराउँदै कार्यपत्र प्रस्तुत गरे । सम्मेलनमा रिसेन्ट एड्भान्स इन लिभर ट्रान्सप्लान्टको बारेमा बीएलके म्याक्स हस्पिटलका डा. गौरव ब्रोडले कलेजोको प्रत्यारोपण र यससँग सम्बन्धित विषयमा कार्यपत्र प्रस्तुत गरे । त्यस्तै, लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डा। नन्दु पाठकले जनावरबाट फोक्सो र अन्य अङ्गहरूमा मर्ने रोगसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । 

वरिष्ठ ग्याप्ट्रोलोजिस्ट डा. संदिपराज कुवँरले पेट र इन्डोस्कोपी उपचार विधि बारे कार्यपत्र प्रस्तुत गरे । वरिष्ठ डाक्टर रेडियोलोजिस्ट शोभित सिंहले कलेजोसम्बन्धी रोगको उपचारमा रेडियोलोजी सेवाको प्रयोग बारे कार्यपत्र प्रस्तुत गरे । त्यस्तै, डा. पुकार थापाले औषधि र क्याम ले कलेजोमा गर्ने असर र यसको नवीनतम उपचार प्रविधिका बारेमा प्रस्तुतिकरण गरे । 

कार्यक्रम संयोजक समेत रहेका पेट, आँखा, कलेजो तथा वरिष्ठ ग्याष्ट्रोलोजिस्ट डा. मोहन भुसालले जण्डिसका कारण हुने अल्पकालीन र दीर्घकालीन समस्या तथा बेहोसीपन बारे कार्यपत्र प्रस्तुत गरे । वरिष्ठ ग्याष्ट्रोलोजिस्ट डा. रविन हमालले एक्यूट प्याङ्क्रियाटाइटिस र यसको समाधान बारे कार्यपत्र प्रस्तुत गरे। ग्याष्ट्रो सम्मेलनमा विशेषज्ञ चिकित्सकहरूले विभिन्न विधामा आफ्ना विचार, मन्थन तथा अन्तरक्रिया गरेको ग्याष्ट्रो सेन्टर बुटवलका सञ्चालक तथा कार्यक्रम संयोजक डा. मोहन भुषालले बताए । उनले पछिल्लो समयमा पेट, आँखा, कलेजोसम्बन्धी नयाँ अभ्यास र प्रयोगहरू बारे जानकारी गराएका थिए । 

नेपाल चिकित्सक संघ लुम्बिनी प्रदेशका अध्यक्ष डा. कृष्ण खरेल, लुम्बिनी इन्टरनल मेडिसिन सोसाइटीका अध्यक्ष डा. विष्णु पौडेल, लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा. ईन्द्र ढकाल लगायतका व्यक्तिहरूको सहभागिता रहेको सम्मेलनमा रुपन्देही, गुल्मी, पाल्पा, अर्घाखाँची, दाङ, प्युठान, नवलपरासी, कपिलवस्तु लगायतका जिल्लाहरूका सबै विषयका विशेषज्ञ चिकित्सकहरूको सहभागिता रहेको आयोजक संस्थाले जनाएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  १ : २७ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह