‘मिसेस् नेपाल अस्ट्रेलिया’ हुँदै  « Khabarhub

‘मिसेस् नेपाल अस्ट्रेलिया’ हुँदै 


१६ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

अस्ट्रेलिया–  हिमाली कल्चर ग्रुप मेलवन अस्ट्रेलियाको आयोजना, इभेन्ट्स नेपाल अस्ट्रेलियाको साझेदारीमा विवाहित महिलामा केन्द्रित ‘मिसेस् नेपाल अस्ट्रेलिया’ आयोजना गर्ने भएको छ । विवाहित महिलाहरूको सहभागितालाई ध्यानमा राखी हिमाली कल्चर ग्रुप मेलवर्नले पहिलो पटक मिसेस् नेपाल अस्ट्रेलिया गर्न लागेको हो । 

महिलाहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, वाक कला तथा  नेतृत्वदायी क्षमताको विकास साथै त्यसको आवश्यकताको महसुस गरी सोही अनुरूप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिँदै अन्तर्राष्ट्रिय क्षेत्रमा एउटा सक्षम महिला र जिम्मेवार व्यक्तिको रूपमा अगाडि बढाउनका साथै नेपालको पर्यटन क्षेत्रमा सहयोग गर्ने हेतुले कार्यक्रम गर्न लागिएको छ । 
 
विगत दश वर्षदेखि अस्टेलियामा रहेर नेपाल र नेपाली समाजको लागि विभिन्न सामाजिक सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू गर्दै आएको हिमाली कल्चरग्रुपले यस वर्षदेखि निरन्तर रूपमा इभेन्ट्स नेपाल अस्ट्रेलियाको साझेदारीमा यो प्रतियोगितात्मक कार्यक्रम गर्न लागेको आयोजक हिमाली कल्चर ग्रुप मेलवर्नका नविन श्रेष्ठले बताए । 

‘यो कार्यक्रममा नेपालबाट अस्टेलिया आएर अस्ट्रेलियाभर विभिन्न पेशा व्यवसायीको रूपमा काम गरी रहनुभएका विवाहित महिलाहरू सहभागी हुन पाउनु हुनेछ,’ उनले भने, ‘यस कार्यक्रममा  ३० जना प्रतियोगी समावेश गराइने छ ।’ 

उक्त प्रक्रियाबाट छनौट भएका  प्रतियोगीहरूलाई प्रशिक्षणको क्रममा शारीरिक फिटनेश, जुम्वा, एरोविक्स, सेल्फ डिफेन्स, सेल्फ मेकअप, फोटो सेसन, टेवल म्यानर, व्यक्तित्व विकास सम्बन्धी पनि प्रशिक्षण, हिँड्न बोल्न साथै प्रश्न उत्तर सिकाइने आयोजक श्रेष्ठले बताए । उनका अनुसार स्टेज पर्फमेन्स क्याटवाक आदि लगायतका विद्यामा भने अन्तर्राष्ट्रिय कोरियोग्राफर रोजीन शाक्यले प्रशिक्षण गर्नेछन् । 

साथै नेपालमा विगत १६ वर्षदेखि निरन्तरुपमा  विभिन्न कार्यक्रमहरू सञ्चालन तथा आयोजना गर्दै आइ रहेको सिजन मिडियाले व्यवस्थापन गर्ने, उक्त कार्यक्रममा नेपाली कलाकार, पत्रकार ,समाजसेवी तथा विशिष्ट व्यक्तिहरूको सहभागी रहने आयोजक संस्थाले जनाएको छ । 

प्रतियोगिताका विजेताहरूले ‘मिसेस नेपाल अस्ट्रेलिया २०२५’ को उपाधिसहित नेपालको पर्यटन क्षेत्रको प्रचारप्रसारको लागि ब्राण्ड एम्बेसडर, नेपाल भ्रमणको गिफ्ट प्याकेज साथै अन्य दुई जना विजेताहरूलाई बाली भ्रमणको लागि हवाई टिकटहरू प्रदान गरिने छ भने लेटमिइन कोरियन स्कीन हस्पिटल नेपालको तर्फबाट ५० हजार बराबरको गिफ्ट भौचर प्रदान गरिने आयोजक संस्थाले जनाएको छ । 

यस बाहेक अन्य उपहारहरू पनि प्रदान गरिने छ । अन्य विभिन्न १५ विधामा पनि उपविजेता छनौट गरिनेछ । विजेतालाई विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराइने आयोजक संस्थाले जनाएको छ ।

यसका लागि आवेदन खुल्ला भइसकेको आयोजक संस्थाले जानकारी दिएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  ५ : ५९ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह