मानसिक स्वास्थ्यसम्बन्धी दोस्रो अन्तरराष्ट्रिय सम्मेलन हुँदै « Khabarhub

मानसिक स्वास्थ्यसम्बन्धी दोस्रो अन्तरराष्ट्रिय सम्मेलन हुँदै


१६ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी दोस्रो अन्तरराष्ट्रिय सम्मेलन हुने भएको छ ।

’समुदायका लागि, समुदायसँग : मानसिक स्वास्थ्यमा निरन्तर सहकार्य’ भन्ने नाराका साथ चितवनमा यही वैशाख १८ देखि २० गतेसम्म दुई दिने सम्मेलनको आयोजना हुन लागेको हो । सम्मेलनको आयोजना नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थले गर्ने भएको हो ।

सम्मेलनको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका संयोजक अमेरिकास्थित हावर्ड मेडिकल स्कुलका सहप्राध्यापक मनोचिकित्सक डा. श्रीधर पौडेलले नेपालमा मानसिक स्वास्थ्य प्रणालीको विकास र विस्तार गर्न यो ऐतिहासिक हुने बताए ।

पौडेलले भने, ’मानसिक स्वास्थ्यको पहुँचमा अभिवृद्धि गर्न तथा मानसिक समस्याको गुणस्तरीय उपचारलाई प्राथमिक स्वास्थ्य सेवामा एकीकृत गर्दै स्थानीय स्वास्थ्य प्रणालीलाई सबल बनाउन लागि परेका छौँ ।’

सम्मेलनमा १४ वटा राष्ट्रिय तथा अन्तरराष्ट्रिय संस्थाहरू आयोजक साझेदारको रूपमा जोडिएका छन् । सम्मेलनमा १०० वटाभन्दा बढी प्रस्तुतीकरण हुनेछन् ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  ८ : ५८ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने