भारतले भन्यो : पाकिस्तानले अन्तर्राष्ट्रिय सीमामा युद्धविराम उल्लंघन गर्न थाल्यो « Khabarhub

भारतले भन्यो : पाकिस्तानले अन्तर्राष्ट्रिय सीमामा युद्धविराम उल्लंघन गर्न थाल्यो


१६ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । पहलगाम आतंकवादी हमलापछि भारतको कडा अडानबाट पाकिस्तान त्रासमा छ । उसले अन्तर्राष्ट्रिय सीमामा पनि युद्धविराम उल्लंघन गर्न थालेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । 

यसअघि पनि पाकिस्तानले पाँच दिनदेखि नियन्त्रण रेखा (एलओसी) मा युद्धविराम उल्लंघन गर्दै आएको बताइएको छ । मंगलबार र बुधबार राति पाकिस्तानी चौकीहरूबाट गोली चलेको आवाज सुनिएको आज तकले समाचारमा उल्लेख गरेको छ । 

यद्यपि, भारतले पाकिस्तानलाई उचित जवाफ दिइएको पनि समाचारमा बताइएको छ । पाकिस्तानले गरेको युद्धविराम उल्लंघनपछि, नियन्त्रण रेखाका धेरै क्षेत्रहरूमा गतिविधिहरू बढेको र  भारतीय सेनाले परिस्थितिमाथि नजिकबाट नजर राखिरहेको छ ।

सीमावर्ती क्षेत्रहरूमा अपरेशनल अलर्ट जारी गरिएको छ ।वास्तवमा, पहलगाममा भएको आतंकवादी हमलापछि, भारत सरकार एक्सन मोडमा रहेको र पाकिस्तान विरुद्ध कडा निर्णय लिइरहेको छ।

पछिल्ला केही दिन यता नियन्त्रण रेखा (एलओसी) मा तनाव बढ्दै गएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  ३ : ०३ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह