सेती नदीमा बेपत्ता युवकको शव निकालियो « Khabarhub

सेती नदीमा बेपत्ता युवकको शव निकालियो


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


999
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरा महानगरपालिका–१४ खाल्टेमसिनास्थित सेती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका युवकको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले फेला पारेको छ ।

बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–३ स्थायी घर भई हाल पोखरा महानगरपालिका मझेरीपाटनमा बसोबास गर्दै आएका १८ वर्षीय युवराज बिक सोमबार दिउँसो करिब २ बजे पौडी खेल्ने क्रममा सेती नदीमा डुबेर बेपत्ता भएका थिए ।

घटनाको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं। २४ कालिका गण, कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक भोला श्रेष्ठको नेतृत्वमा खटिएको गोताखोर टोलीले घटनास्थलको करिब १८ फिट गहिराइबाट करिब डेढ घन्टापछि शव निकाल्न सफल भएको हो ।

सशस्त्र प्रहरी बल, नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार गोताखोर टोलीको सक्रियतामा मृतकको शव उद्धार गरिएको हो ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ४ : २२ बजे

तराईमा बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने

काठमाडौं – तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

आज २०८२ साल पुस ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार