दुई लाख ५० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता « Khabarhub

दुई लाख ५० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काबुल– अप्रिलमा दुईलाख ५० हजार भन्दा बढी अफगान शरणार्थीहरू छिमेकी देश पाकिस्तान र इरानबाट स्वदेश फर्केको शरणार्थीका लागि राष्ट्र सङ्घीय उच्च आयुक्त (यूएनएचसीआर) जनाएको छ ।  

स्वदेश फिर्ता हुनेहरूमध्ये अधिकांश महिला तथा बालबालिका रहेका जनाइएको छ । शरणार्थी समयमा उनीहरू शिक्षा, आवागमनको स्वतन्त्रतालगायतका प्रतिबन्धका बीचमा अनिश्चित भविष्यको सामना गरिरहेका छन् । उनीहरूले स्वेच्छिक रुपमा सुरक्षित र सम्मानजनक फिर्ता हुन पाउनुपर्ने युएनएचसीआरले  सामाजिक सञ्जाल एक्समार्फत जनाएको छ ।  

करिब ७० लाख अफगान शरणार्थीमध्ये अधिकांश कागजातविहीन आप्रवासीहरू  हाल विदेशमा बसिरहेका छन् अधिकांश इरान र पाकिस्तानमा छन् ।

पाकिस्तानी सरकारले सन् २०२५ सम्ममा ३० लाख अफगानीहरूलाई निष्कासन गर्ने योजना बनाएको छ भने इरानी अधिकारीहरूले कागजातविहीन अफगानीहरूलाई आफ्नो घर फर्कन आग्रह गरेका छन् ।

अफगानिस्तानको चरम गरिबी र बेरोजगारीले आफ्ना नागरिकहरूलाई इरान पाकिस्तान लगायतका वैदेशिक मुलुकमा अवसरहरूको खोजी गर्दै  देश छोड्न बाध्य पारेको जनाइएको छ । 
  

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ५ : ३६ बजे

चाडपर्व नजिकिँदै गर्दा मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल भएको एमालेको आरोप

काठमाडौँ – नेकपा (एमाले) ले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य

वित्तीय समावेशीकरण र पहुँच विस्तारका लागि राष्ट्र बैंकले गर्‍यो फिनटेक रणनीति सार्वजनिक

काठमाडौँ – नेपालमा डिजिटल वित्तीय सेवाको दायरा फराकिलो बनाउँदै वित्तीय

विपत् व्यवस्थापनमा भोटेकोशी बाढीले पढाएको पाठ

भनिन्छ– प्राकृतिक विपत्ति कहिल्यै निम्तो दिएर आउँदैन। बाढी, पहिरो, चट्याङ,

आर्सनलका युवा प्रतिभा डोउम्यानको दुई गोलमा आर्सनलको जित

काठमाडौँ – १६ वर्षीय युवा खेलाडी म्याक्स डोउम्यानको दुई गोलमद्दतमा

अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकबाट मात्र दैनिक तीन हजार लिटर