नीति तथा कार्यक्रममा प्रचण्डको टिप्पणी-जनअपेक्षा पूरा गर्न सक्दैन
प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत सरकारको नीति तथा कार्यक्रमप्रति गम्भीर असन्तुष्टि जनाएका छन् । उनले नीति तथा कार्यक्रम जनताको जीवनस्तरसँग जोडिएको वर्तमान यथार्थभन्दा निकै टाढा रहेको उल्लेख गरेका छन् ।
संसद्मा प्रस्तुत नीति तथा कार्यक्रममाथिको छलफलबारे प्रतिपक्षी नेताका रुपमा दाहालले यस्तो भनेका हुन् ।

‘नीति तथा कार्यक्रमले न त विगतको समीक्षा गरेको छ, न वर्तमान संकटसँग जुध्न सक्ने योजना बोकेको देखिन्छ’, उनले भने, ‘यसले जनता र राष्ट्रका गहिरा आवश्यकता सम्बोधन गर्न असमर्थ देखिएको छ।’ उनले नीति तथा कार्यक्रमको भाषा अमूर्त, औपचारिक र अनुप्रेरणाहीन रहेको भन्दै सत्तारूढ पक्षकै सांसदहरू मौन रहनु गम्भीर संकेत भएको बताए ।
‘जब आफ्नै सांसदहरूमा उत्साह पैदा हुँदैन, त्यस्तो नीति कार्यक्रमले आम जनताको मन जित्न सक्दैन,’ उनले भने । प्रचण्डले कृषि, जलश्रोत, वन, पर्यटन, शिक्षा, स्वास्थ्य, रोजगारी, संघीयता र सामाजिक न्याय जस्ता राष्ट्रिय प्राथमिकता भएका विषयहरूलाई पृष्ठपोषण गर्न असफल भएको टिप्पणी गरे।
राजावादीलाई सूर्य थापाले भने- लुटपाट गरेर, वियर चोरेर राजतन्त्र फर्किँदैन
एकसाथ कांग्रेस र माओवादीमाथि खनिए एमाले सांसद थापा
माओवादी नेता शाहीले भने- एमालेका कारण कर्णाली प्रदेश भिखारी भयो
नीति तथा कार्यक्रम जनअपेक्षाअनुकूल छैन : प्रचण्ड
सरकार स्वार्थ समूह र विचौलियाको नियन्त्रणमा छ : प्रचण्ड
सरकारलाई कायर भन्दै रोशनको आक्रोश- नीति तथा कार्यक्रममा लेख्दैमा गणतन्त्र जोगिँदैन
सरकारको नीति तथा कार्यक्रम पश्चगमनमुखी, निराशामुखी र ‘सेन्टर टु राइट’ शैलीकाे, यस्तो छ आलोचनाको फेहरिस्त
नीति तथा कार्यक्रम : सांसदले भने कार्यान्वयन पक्ष महत्त्वपूर्ण हुन्छ
आर्थिक वर्ष २०८२र८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसदहरूले नराम्रो भन्न चाहेनन् । उनीहरूले खुलेर प्रशंसा पनि गर्न सकेनन् ।
राष्ट्रियसभाको सोमबारको बैठकमा सांसदहरूले नीति तथा कार्यक्रमका योजनाहरू कार्यान्वयन हुनुपर्ने प्रतिक्रिया दिए ।

जनता समाजवादी पार्टीका सांसद मोहम्मद खालिदले नीति तथा कार्यक्रम प्रत्येक वर्ष आउने भए पनि कार्यान्वयन पक्ष नै महत्वपूर्ण रहेको बताए ।
उनले भने, ‘नीति धेरै आउँछन् तर कार्यान्वयन महत्वपूर्ण पक्ष हो । जुन नीति तथा कार्यक्रम आएको छ, त्यसका राम्रा पक्षलाई दृढताका साथ कार्यान्वयन गरेर सरकार अघि बढ्छ भन्ने आशा छ ।’
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद शेखरकुमार सिंहले यथाशीघ्र पूर्वदेखि पश्चिमसम्म भएका सिँचाइ योजनाहरू व्यवस्थित गरी नेपाललाई अन्न भण्डारका रूपमा पुनर्जीवित गर्न सुझाव दिए ।
बजेटमा चलखेल गर्न कार्यक्रम बिनाको नीति ल्याइयो : वर्षमान पुन
सांसद सुवालले भने– गभर्नरका लागि १ अर्ब तोकियो, ४० करोड पेश्की बुझाइयो
सरकारले हिमाली सहरको योजना ल्याउनुपर्छः सांसद पाण्डे
मुलुकलाई समृद्धिको बाटोमा लाने नीति आएन : सांसद भुसाल
‘रेशम पक्राउ बारे उच्चस्तरीय छानबिन आयोग गठन गरौँ’
‘सामाजिक सञ्जाल प्रयोगमा नियमन आवश्यक’
महिला सांसदले भने– नीति कार्यक्रम ‘राम्रो’
‘राज्यको लगानीमाथि जनताको निगरानी बढाउन सूचनाको हक अत्यावश्यक’
राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रमा नागरिकलाई सशक्त बनाउन, राज्यको लगानीमाथि उनीहरूको निगरानी बढाउन र शासन प्रणालीलाई पारदर्शी बनाउन सूचनाको हकले व्यापकता पाउँदै आएको बताएका छन् ।

‘राज्यको लगानीमा जनताको निगरानी भएन भने मुलुकमा कुशासन मौलाउँछ, विधिको शासन अवरुद्ध हुन्छ र सरकार तथा सार्वजनिक निकायमा स्वेच्छाचारिता बढ्छ, लोकतन्त्रमा नागरिकलाई सशक्त बनाउन, राज्यको लगानीमाथि उनीहरूको निगरानी बढाउन र शासन प्रणालीलाई पारदर्शी बनाउन विश्वव्यापी रुपमा सूचनाको हकको आन्दोलनले व्यापकता पाउँदै आएको छ’, राष्ट्रपति पौडेलले राष्ट्रिय सूचना आयोगको १८ औं स्थापना दिवसका अवसरमा सोमबार यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो धारणा व्यक्त गरेका हुन् ।
जबसम्म सरकार र सार्वजनिक निकायको सूचनामा नागरिकको पहुँच सुनिश्चित हुँदैन, तबसम्म लोकतन्त्रको संस्थागत विकास सम्भव नहुने धारणा उनले व्यक्त गरे।
सुदूरपश्चिमका मुख्यमन्त्री र उत्तर प्रदेशका मुख्यमन्त्रीबीच भेटवार्ता
कांग्रेस-एमालेबीच भएको सात बुँदे सहमतिमै नीति तथा कार्यक्रम आयो : सचेतक घिमिरे
शेखरको स्पष्टीकरण- म अहिलेको सरकार ढाल्ने पक्षमा छैन
कृषिमन्त्री अधिकारी कोलम्बो प्रस्थान
भरतपुर अस्पतालमा मुटु र जलन उपचार सुरु
सूचनाको हक कार्यान्वयनमा सरकार प्रतिबद्ध : सञ्चारमन्त्री गुरुङ
चाउ एन लाई र बीपी सम्झिँदै शेखरले भने- कठिन समयमा पनि नेपाल-चीन मित्रका रुपमा रहिरहे
काठमाडौं टावर विवाद-दुई साता बित्दा पनि महानगरले पठाएन अख्तियारलाई जवाफ
पुरानो बसपार्कस्थित काठमाडौं टावर निर्माणका क्रममा भएको भनिएको भ्रष्टाचारबारे छानबिन थालेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले महानगरसँग जवाफ मागेको दुई साता बितिसकेको छ ।
काठमाडौं टावरको विवादलाई लिएर गत चैत २९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक हप्ताभित्र जवाफ दिन भन्दै महानगरलाई पत्र पठाएको थियो ।

महानगरको सार्वजनिक निजी साझेदारी एकाईले उक्त पत्रबारे जवाफका लागि राय तयार गरी प्रशासनलाई विभागमा पठाइसकेको छ । तर प्रशासन विभागमै उक्त पत्र अड्किएको छ ।
महानगरको सार्वजनिक निजी साझेदारी एकाई प्रमुख नरेन्द्र विलास बज्राचार्यले खबरहबसँग अख्तियारले सोधेको जवाफ प्रशाशनलाई पठाइसकेको बताएका छन् ।
पहिलोपटक उद्योगी व्यवसायीसँग छलफलमा बालेन
तीन सय दिनमा तयार भएन कीर्तिपुर रंगशाला, प्रधानमन्त्रीले भने- अब सहन सकिँदैन
हावाहुरीका कारण फेवातालमा डुबेकासहित ८ जनाको सकुशल उद्धार
कोरिया पठाउन ढिलाइ गरेको भन्दै ईपीएस शाखामा धर्ना तस्बिरहरू
काठमाडौं महानगरले भन्यो- नेपाली भाषा बोल्न प्रतिबन्ध लगाउने विद्यालयलाई कारबाही गर्छौँ
सेती नदीमा बेपत्ता युवकको शव निकालियो
हात्तीवनमा कारले ढालेको बिजुलीको पोल क्रेनले उठायो (तस्बिरहरु)
युक्रेनमा आणविक हतियार हान्नु नपरोस् : पुटिन
युक्रेनमाथि आणविक हतियार प्रयोग गर्ने अवस्था नआओस् भन्ने आफ्नो अपेक्षा रहेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् । रुसी राज्य नियन्त्रित टेलिभिजनमा उनले यस्तो टिप्पणी गरेका हुन् ।

आइतबार प्रसारण गरिएको पुटिनको घोषणामा हालसम्म युक्रेनमा आणविक हतियार प्रयोग गर्ने अवस्था नआएको र त्यस्तो अवस्था नआओस् भन्ने आफ्नो अपेक्षा रहेको बताए । उनले युक्रेनमा जारी द्वन्द्वको तर्कसंगत समाधान गर्ने क्षमता र साधन रुससँग रहेको बताए ।
यसअघि सन् २०२४ को नोभेम्बर महिनामा पुटिनले रुसको आणविक हतियार प्रयोग सिद्धान्तलाई संशोधन गरेका थिए । यसले उनलाई आणविक हतियार प्रयोग गर्न थप खुला अधिकार प्रदान गरेको थियो ।
गाजामा इजरायली हमला, १९ जनाको मृत्यु
कुख्यात अल्काट्राज कारागार फेरि खोल्न ट्रम्पको निर्देशन
दुई लाख ५० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
भारत र पाकिस्तानबीच तनाव बढ्दै जाँदा इरानी विदेशमन्त्री इस्लामावादमा
प्रतिक्रिया