क्रोएसियामा कमलले जिते दोहोरो स्वर्ण « Khabarhub

क्रोएसियामा कमलले जिते दोहोरो स्वर्ण


२ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली उमा कुङफु खेलाडी कमल मगरले विश्व मार्सल आर्ट्स गेम्समा दुई स्वर्ण जितेका छन् ।

क्रोएसियामा भएको प्रतियोगितामा कमलले किक बक्सिङ र नाइन चाकुमा स्वर्ण जितेको नेपाल उमा कुङफु संघले जनाएको छ । कमलले थप एक कांस्य पनि हात पारे ।

त्यस्तै जीवन गुरुङले ट्रेडिसनल फोर्ममा एक रजत तथा रमेश महर्जनले कातामा एक कांस्य हात पारे । प्रतियोगितामा विभिन्न २३ राष्ट्रका ६ सय भन्दा बढी खेलाडीले सहभागिता जनाएको उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामाले जनाएका छन् ।

पदक विजेता टोलीलाई अध्यक्ष लामासहित उमा कुङफु संघका वरिष्ठ उपाध्यक्ष सन्जितकुमार राई, उपाध्यक्ष मुन्नी सुवेदी, महासचिव भुपेन्द्र गुरुङ, सदस्य आनन्दकुमार यादव, गुण गुरुङलगायतले बिहीबार स्वागत गरेका थिए ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार  ६ : ०५ बजे

सञ्चार मन्त्रालय मातहतका निकायसँग कार्यसम्पादन सम्झौता

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र सञ्चारसचिव राजेन्द्रकुमार

क्यानाडासँग व्यापार वार्ता फेरि सुरु गर्न हतार छैन : ट्रम्प

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँग व्यापार वार्ता पुनः सुरु गर्न

बैतेश्वरमा भलिबलको रौनक, विजेतालाई १ लाख पुरस्कार

दोलखा– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा दोलखाको बैतेश्वर गाउँपालिका–७ पाल्ले

बाढीमा बेपत्ताको मृत्यु घोषणा गर्न कानुन संशोधन गर्दै छौँ : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले बाढीमा बेपत्ता

प्रस्तावित १३ राजदूतको सुनुवाइ २६ देखि २८ असोजमा हुने

काठमाडौं– संसदीय सुनुवाई समितिले बिभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित