दशैंका लागि नयाँ नोट असोज १० देखि वितरण गरिने, कुन–कुन ठाउँबाट पाइन्छ ? « Khabarhub

दशैंका लागि नयाँ नोट असोज १० देखि वितरण गरिने, कुन–कुन ठाउँबाट पाइन्छ ?


२ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले असोज १० गतेदेखि १७ गतेसम्म दशैंका लागि नयाँ नोट वितरण गर्ने भएको छ ।

राष्ट्र बैंकले सूचना जारी गर्दै दशैंका लागि नयाँ नोट दिने मिति सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका अनुसार दशैँका लागि एक जना व्यक्तिले १८ हजार ५ सय रुपैयाँ बराबरका मात्रै नयाँ नोट पाउनेछन् ।

एक जनाले पाँच, दश, बीस, पचास र एक सयका एक–एक बन्डलका दरले १८ हजार ५ सय रुपैयाँ बराबरका नोट साट्न पाउने राष्ट्र बैंकले जनाएको छ ।

काठमाडौँमा राष्ट्र बैंकसहित सबै सरकारी बैंकका शाखा र नीजि बैंकका शाखासमेतबाट नयाँ नोट लिन सकिने छ ।

उपत्याकाबाहिर भने राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग नेपालगञ्ज, पोखरा, धनगढी, विराटनगर, वीरगञ्ज, सिद्धार्थनगर र जनकपुरबाट नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार  ८ : ०० बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक