ओलीले भने- हाम्रो पार्टी कार्यालय एक रूपैयाँ उठाएर बनाउँछौँ भन्ने पनि निस्किए « Khabarhub

ओलीले भने- हाम्रो पार्टी कार्यालय एक रूपैयाँ उठाएर बनाउँछौँ भन्ने पनि निस्किए


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


636
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको केन्द्रीय कार्यालय चन्दा उठाएर बनाउन नसकिने बताएका छन् ।

बनेपा नगरपालिका–१० भैँसेपाटीस्थित अत्याधुनिक चलचित्र छायाङ्कनस्थल (स्टुडियो) को बालुवाटारबाटै निर्माण घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यसो भनेका हुन् ।

बल्खुको मदननगरस्थित केन्द्रीय कार्यालय भूकम्पले भत्किएपछि एमालेले धुम्बाराहीस्थित पासाङ ल्हामु स्मृति प्रतिष्ठानको भवन भाडामा लिएर कार्यालय चलाएको थियो ।

त्यसपछि थापाथलीस्थित भाडाको घरबाट कार्यालय चलाएको एमालेले अहिले ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानबाट कार्यालय चलाइरहेको छ ।

त्यहाँ पनि मनोहराको बाढीले सताएपछि एमालेले भाटभटेनीका मालिक मीनबहादुर गुरुङबाट कीर्तपुर नगरपालिकामा नि:शुल्क जग्गा लिएर नयाँ भवन बनाउन खोजेको थियो ।

तर, विवादित व्यवसायीबाट जग्गा दानमा लिएर भवन बनाउन नहुने जिकिर एमालेकै नेतृहरू बिन्दा पाण्डे र उषाकिरण तिमल्सेनासहितले गरेका थिए ।

उनीहरूले बरू एक एक रूपैयाँ चन्दा लिएर एमालेको केन्द्रीय कार्यालय बनाउन अभियान चलाउने भन्दै मीनबहादुरबाट जग्गा लिने निर्णयको विरोध गरेका थिए ।

त्यही विरोधका कारण एमालेबाट उनीहरू ६ महिनाका लागि निलम्बनमा परेका थिए । तर त्यो कारबाहीको अवस्थाबारे अहिले ओलीले नै अनभिज्ञता प्रकट गरिरहेका छन् ।

‘हाम्रो (नेकपा एमाले) पार्टी कार्यालय (अफिस) एक-एक रुपैयाँ उठाएर बनाउँछौँ भन्ने पनि निस्किए’, ओलीले भने, ‘त्यो एक रुपैयाँ कहाँबाट साटेर ल्याउने ? अहिले त त्यो एक रुपैयाँ साट्नै पाइँदैन, मुस्किलले साट्न पाइन्छ ।’

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ३ : ३७ बजे

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

एजेन्सी– अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ – सेनाको चिकित्सा सामाग्री

सक्रिय बन्दै गण्डकीका न्यायिक समिति : अधिकांश मुद्दा मेलमिलापमै टुङ्गिए

गलकोट– गण्डकी प्रदेशका ११ जिल्लाका ८५ स्थानीय तहका न्यायिक समिति

नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३२ स्थित सडकमा बा ८९ प ६३६५ नम्बरको

उच्चस्तरीय राजनीतिक वार्ता समिति पुग्यो कांग्रेस कार्यालय (तस्बिरहरू)

काठमाडौं– उच्च स्तरीय राजनीतिक वार्ता समितिद्वारा नेपाली कांग्रेसको पार्टी कार्यालयको