स्वर्णलक्ष्मीको बचत ठगीमा पक्राउ कांग्रेस सांसद राईविरुद्ध दुई अभियोगमा मुद्दा « Khabarhub

स्वर्णलक्ष्मीको बचत ठगीमा पक्राउ कांग्रेस सांसद राईविरुद्ध दुई अभियोगमा मुद्दा


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


648
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहकारी ठगी प्रकरणमा पक्राउ परेकी नेपाली कांग्रेसकी समानुपातिक सांसद माया राईविरुद्ध मंगलबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसमेत मुछिएको काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको करिब सवा अर्ब रुपैयाँ बचत ठगी प्रकरणमा सांसद राईलाई मुद्दा चलाइएको हो ।

गत वैशाख १३ गते काठमाडौंबाटै पक्राउ परेकी उनीविरुद्ध जिल्ला जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जिल्ला अदालतमा मुद्दा दर्ता गराएको हो ।

भोजपुर घर भएकी सांसद राईविरुद्ध सरकारी वकिलले सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा चलाएको हो । सभापति शेरबहादुर देउवानिकट राई जनजाति क्लस्टरबाट कांग्रेस केन्द्रीय सदस्य छिन् ।

राईविरूद्ध ३७ लाख ३५ हजार ८४३ रुपैँया बिगो मागदाबीसहित पुरक अभियोजनमार्फत् मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिलको कार्यालयले जानकारी दिएको छ ।

अब यस मुद्दामा उनलाई अदालतमा उपस्थित गराएर बुधबारदेखि थुनछेक बहस थालिने भएको छ । राईलाई मंगलबार नै जिल्ला अदालतमा उपस्थित गराइएको छ । तर मंगलबार जिल्ला प्रहरी परिसरको हिरासतमै पठाएर बुधबारदेखि मुद्दाको थुनछेक बहस गरिने भएको छ ।

राई स्वर्णलक्ष्मी सहकारीको सञ्चालक समितिकी तत्कालीन सहसचिव हुन् । रविलाई मुद्दा चलाउँदा राईलाई उन्मुक्ति दिइएको भन्दै सरकारको आलोचना भएको थियो । आलोचना थेग्न नसकेपछि कांग्रेस सांसद राईलाई पक्राउ गरिएको थियो ।

यसअघि राईसहित पाँचजनालाई उन्मुक्ति दिएर रविसहित ३९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । राईसहितले ६ सय ९० जना बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको लागेको छ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ७ : ३३ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि