नेविसंघद्वारा सीटीईभीटीको नयाँ भर्ना निर्देशिका जलाइयो | Khabarhub Khabarhub

नेविसंघद्वारा सीटीईभीटीको नयाँ भर्ना निर्देशिका जलाइयो


२ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) द्वारा जारी गरिएको नयाँ भर्ना निर्देशिका जलाएको छ।

नेविसंघका प्रतिनिधिहरूले सीटीईभीटीका सदस्य सचिव महेश भट्टराईको उपस्थितिमा निर्देशिकामा गरिएको नयाँ व्यवस्थाको विरोध गर्दै जलाएका हुन् । उनीहरूले प्रवेश परीक्षाको प्रावधान हटाएर जीपीएको आधारमा मात्र विद्यार्थी भर्ना गर्ने नयाँ व्यवस्था स्वीकार्य नभएको बताएका छन् ।

सीटीईभीटीको नयाँ व्यवस्थाले मेरिट आधारित प्रणालीको खारेजी र योग्य विद्यार्थी अवसरबाट वञ्चित हुने खतरा उत्पन्न गरेको नेविसंघको ठहर छ । ‘प्रवेश परीक्षा शिक्षाको स्तरीयताको एउटा आधार हो । यसलाई हटाउनु भनेको शिक्षा प्रणालीमै राजनीतिक हस्तक्षेप गर्ने प्रयास हो,’ नेविसंघका एक प्रतिनिधिले भने ।

सीटीईभीटीले भने नयाँ निर्देशिका सबै वर्गका विद्यार्थीको पहुँच सहज बनाउन बनाइएको बताउँदै यसले शिक्षा प्रणालीलाई समावेशी र पहुँचयोग्य बनाउने दाबी गरेको छ ।

प्रकाशित मिति : २ जेठ २०८२, शुक्रबार  १२ : ३७ बजे

न्याम्सद्वारा स्वास्थ्यकर्मी र कर्मचारीलाई १२ बुँदे आचारसंहिता जारी

काठमाडौं – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले शिक्षक, चिकित्सक र

मनास्लु आरोहण गर्ने अहिलेसम्मकै कान्छी आरोही छिरिङ

गोरखा – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ सामागाउँकी २२ वर्षीया छिरिङ

सार्वजनिकस्थलमा निःशुल्क वाइफाइ विस्तार गर्न जुट्यो प्राधिकरण

काठमाडौं – काठमाडौंसहित देशका विभिन्न दश सहरमा निःशुल्क वाइफाइ उपलब्ध

स्वास्थ्य मन्त्रालयका सबै संयन्त्र पुनःस्थापित

काठमाडौं–  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै संयन्त्र पुनःस्थापित गरिएको जनाएको