लिङ्देनको आरोप- संविधानको उल्लंघन गर्दै सरकारले निषेधको राजनीति गर्न खोज्यो | Khabarhub Khabarhub

लिङ्देनको आरोप- संविधानको उल्लंघन गर्दै सरकारले निषेधको राजनीति गर्न खोज्यो


२ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले निषेधको राजनीति गर्न खोजेको आरोप लगाएका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै लिङदेनले संविधानको समेत उल्लंघन गर्दै सरकारले निषेधको राजनीति गर्न खोजेको आरोप लगाएका हुन् ।

उनले फरक विचार भएकै कारणले रवीन्द्र मिश्रलगायत आस्थाका बन्दीहरूलाई अपमानपूर्ण ढंगले थुनामा राखिएको भन्दै आपत्ति जनाए । 

त्यस्तै लिङ्देनले राप्रपा सम्बद्ध युवा प्रजातान्त्रिक संघका केन्द्रीय अध्यक्षलाई साइबर ब्युरोले पक्राउ गरिएको र सरकार निषेधमा उत्रिएको उल्लेख गरे ।

फरक बिचार राखेकै आधारमा निषेध गर्दै लैजाने औपचारिक नीति सरकारको हो भने आफूहरू विद्रोहमा जाने उनले बताए । 

उनले सरकारको कदम मानवअधिकार र संविधान विरुद्धका साथै प्रजातान्त्रिक हक अधिकारको विरुद्ध रहेको जिकिर गर्दै घोर भर्त्सना गरे ।

भिडियाेमा पनि हेर्नुहाेस्:

प्रकाशित मिति : २ जेठ २०८२, शुक्रबार  १२ : ५४ बजे

विश्वप्रकाश शर्मा भन्छन्: जेनजीको भावनाअनुरुप पार्टी परिमार्जन हुनुपर्छ

झापा – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जेनजी पुस्ताको भावनाअनुरुप

न्याम्सद्वारा स्वास्थ्यकर्मी र कर्मचारीलाई १२ बुँदे आचारसंहिता जारी

काठमाडौं – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले शिक्षक, चिकित्सक र

मनास्लु आरोहण गर्ने अहिलेसम्मकै कान्छी आरोही छिरिङ

गोरखा – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ सामागाउँकी २२ वर्षीया छिरिङ

सार्वजनिकस्थलमा निःशुल्क वाइफाइ विस्तार गर्न जुट्यो प्राधिकरण

काठमाडौं – काठमाडौंसहित देशका विभिन्न दश सहरमा निःशुल्क वाइफाइ उपलब्ध