मिथिला नगरपालिकाका ६४ परिवारलाई लालपुर्जा वितरण « Khabarhub

मिथिला नगरपालिकाका ६४ परिवारलाई लालपुर्जा वितरण


२ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषाको मिथिला नगरपालिकामा लामो समयदेखि सुकुम्वासी (भूमिहीन) का रुपमा बस्दै आएका ६४ परिवारलाई आज एक समारोहबीच लालपुर्जा वितरण गरिएको छ ।

मिथिला नगरपालिकाको ढल्केवरमा आयोजित समारोहमा मिथिला नगरपालिका–१, ६ र ७ का भूमिहीनलाई सबै कानुनी प्रक्रिया पूरा गरी लालपुर्जा वितरण गरिएको हो ।

नापी कार्यालय धनुषाको दुई नं नापी टोलीले गाउँब्लकको जग्गा नापजाँच गरेर लालपुर्जा वितरण प्रक्रिया तयार गरेको थियो । त्यसैका आधारमा उनीहरूलाई लालपुर्जा वितरण गरिएको नापी कार्यालयका प्रमुख उमेश साहले जानकारी दिए ।

मिथिला नगरपालिकाका नगरप्रमुख महेन्द्र महतो, जिल्ला समन्वय समितिका प्रमुख राजनन्दन मण्डल, भूमि समस्या समाधान आयोगका अध्यक्ष सुरेश कोइरालालगायतले उनीहरूलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गरे । लालपुर्जा पाउने प्रक्रियाबाट वञ्चितलाई चाँडै कानुनी प्रक्रिया पूरा गरेर लालपुर्जा वितरण गरिने उनले बताए । 

सो अवसरमा आयोगका अध्यक्ष कोइरालाले लालपुर्जा वितरणमा राजनीति नगर्न आग्रह गर्दै जग्गाजमिनमा लामो समयदेखि बस्दै आएका तर स्वामित्वको आधिकारिक कागजात नभएकाको समस्या चाँडो समाधान गर्नुपर्नेमा जोड दिए । 

कार्यक्रममा २ नं नापी टोलीका प्रमुख शियाराम साह, मिथिला–६ का वडाध्यक्ष नन्दकिशोर यादव, वडा नं १ का वडाध्यक्ष योगी महतो र वडा नं ५ का वडाध्यक्ष रामचन्द्र महतो, नेपाली कांग्रेस धनुषाका कोषाध्यक्ष राजलाल महतोलगायतको उपस्थिति रहेको थियो ।

 धनुषामा ७५ वटा गाउँब्लक रहेका छन् । यसमा ७२ गाउँब्लकको जग्गा नापजाँच भइसकेको छ । बाह्र गाउँब्लकको पुर्जा वितरण भइसकेको प्रमुख साहले बताए। 

प्रकाशित मिति : २ जेठ २०८२, शुक्रबार  २ : ४९ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि