जनकपुर-अयोध्या जोड्न सके लाखौँ धार्मिक पर्यटक भित्र्याउन सकिन्छ : एनपी साउद   « Khabarhub

जनकपुर-अयोध्या जोड्न सके लाखौँ धार्मिक पर्यटक भित्र्याउन सकिन्छ : एनपी साउद  


२ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले जनकपुर र अयोध्यालाई सांस्कृतिक रूपमा जोड्न सकिए लाखौँ भारतीय नागरिकहरू धार्मिक पर्यटकका रूपमा नेपाल आउने बताएका छन् । 

महोत्तरीको जलेश्वरमा शनिबार आयोजित ‘महोत्तरी महात्मा एक दिवसीय वैचारिक, सांस्कृतिक तथा ऐतिहासिक संवाद–विचार उत्सव’मा उनले धार्मिक पर्यटन प्रवर्द्धनका लागि जनकपुर र अयोध्यालाई जोड्नुपर्ने बताए ।  

‘हामीले जनकपुर र अयोध्यालाई सांस्कृतिक रूपमा जोड्न सक्यौँ, ट्रेन चलाउन सक्यौँ भने लाखौँ भारतीयहरू प्रति वर्ष नेपाल आउँछन्,’ नेता साउदले भने, ‘यो पनि धेरै ठूलो कुरा हुन्छ । पशुपति जान्छन् धेरै ठूलो कुरा हुन्छ । त्यस कारण यो ठाउँको धेरै ठूलो महत्व छ ।’ 

नेपाल–भारत मैत्री युवा संघ तथा संवाद फाउन्डेसनद्वारा संयुक्त रूपमा आयोजित एक दिवसीय उत्सवमा उनले पौराणिक पात्र राम–सीता कुनै एउटा भूगोल र धर्मका मात्र नभएका पनि बताए ।  

‘सीता माता–भगवान् राम भनेका एउटा भूगोल, एउटा धर्मका मात्र होइनन् । उनीहरू पुरुषोत्तम हुन्, सम्पूर्ण मानवताका हुन्, मानवताको मुक्तिका संवाहक हुन्,’ नेता साउदले भने । 

पूर्वपरराष्ट्रमन्त्री साउदले पुरुषोत्तम रामले आफ्ना बुवाको आदेशलाई खुसी साथ स्वीकार गरेर १४ वर्ष वनवास जान तयार प्रसङ्ग पनि स्मरण गरे ।  

‘आफ्नी श्रीमती, अर्काकी श्रीमतीलाई कसैले बलपूर्वक खोसेर लग्यो भने महिला सम्मानका लागि, इज्जतका लागि, प्रतिष्ठाका लागि युद्ध हुन सक्छ र युद्ध लडेर पनि प्रतिष्ठाको संरक्षण गर्नु पर्दछ भन्ने मान्यता भगवान् रामले स्थापित गरे,’ उनले महाभारत स्मरण गर्दै भने ।

प्रकाशित मिति : २ जेठ २०८२, शुक्रबार  ३ : ०७ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ