बाजुराको हिमालीमा जीप दुर्घटना हुँदा ६ जना घाइते « Khabarhub

बाजुराको हिमालीमा जीप दुर्घटना हुँदा ६ जना घाइते


२ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

धनगढी– बाजुराको हिमाली गाउँपालिकामा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

बुढीनन्दा नगरपालिकाको कोल्टीबाट हिमाली गाउँपालिकाको धुलाचौरतर्फ जाँदै गरेको म १ ज २३३ नम्बरको जीप सिउडी खोलामा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेका घाइतेहरूमा जीप चालक सबिन बोहरा, हिमाली–५ निवासी १८ वर्षीया रंगीता बुढा, जुनिता बुढा, २९ वर्षीय विवेक बुढा, वडा नं. ६ का २२ वर्षीय अस्मिता शाही र वडा नं. ४ का १८ वर्षीय विज्ञान सार्की रहेका छन् ।

उनीहरू सबै कक्षा १२ को परीक्षा सकेर घर फर्कँदै गरेका विद्यार्थीहरू हुन् ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार जीप अचानक अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेर कर्णाली नदीमाथिको रुखमा अड्किएको हो।

घाइतेहरूको अवस्था मध्यम रहेको र हाल कोल्टी अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

प्रकाशित मिति : २ जेठ २०८२, शुक्रबार  ४ : ४१ बजे

कोरला नाका जोड्ने घमी खोला पुल निर्माण अन्तिम चरणमा

मुस्ताङ– नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२

वाणिज्य विभागले गर्‍याे तीन होटललाई जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा होटललाई

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको

नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ?

काठमाडौं – ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले घुँडाको शल्यक्रिया गराएका छन्।

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा