ऊर्जामन्त्री खड्का र संयुक्त अरब इमिरेट्सका सहायक विदेशमन्त्रीबीच भेटवार्ता « Khabarhub

ऊर्जामन्त्री खड्का र संयुक्त अरब इमिरेट्सका सहायक विदेशमन्त्रीबीच भेटवार्ता


२ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र संयुक्त अरब इमिरेट्सका ऊर्जा तथा दिगोपनाका लागि सहायक विदेशमन्त्री अब्दुल्ला बलालाबीच भेटवार्ता भएको छ ।

सगरमाथा संवादका लागि नेपाल आएका सहायक विदेशमन्त्रीसँग सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आज भएको भेटमा दुई देशको ऊर्जा सहकार्यका विविध विषयमा छलफल भएको थियो ।

भेटका क्रममा ऊर्जामन्त्री खड्काले नेपालमा जलविद्युत् क्षेत्रको प्रचुर सम्भावना रहेकाले यस क्षेत्रमा लगानी गर्न आग्रह गरे। उनले सरकारले हालै ऊर्जा विकाससम्बन्धी मार्गचित्रको लक्ष्य लिएकाले यसलाई कार्यान्वयन गर्न संयुक्त अरब इमिरेट्सको साथ र सहयोग आवश्यक रहेको बताए । 

मन्त्री खड्काले जलविद्युत्, सौर्य ऊर्जा, हरित हाइड्रोजन तथा प्रसारण लाइनलगायत प्रमुख क्षेत्रमा संयुक्त अरब इमिरेट्सलाई लगानी गर्न आग्रह गरे । 

भेटमा संयुक्त अरब इमिरेट्सका विदेश सहायकमन्त्री अब्दुल्लाले नेपालको नवीकरणीय ऊर्जाको क्षेत्रमा लगानी गर्न संयुक्त अरब इमिरेट्स इच्छुक रहेको बताएका थिए । उनले आगामी दिनमा ऊर्जा क्षेत्रको विकासमा दुई देशबीच सहकार्य र समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाएको ऊर्जा मन्त्रालयले जनाएको छ ।

भेटमा ऊर्जासचिव सुरेश आचार्य, जलस्रोत तथा सिँचाई सचिव सरिता दवाडीलगायत मन्त्रालयका उच्च अधिकारी र संयुक्त अरब इमिरेट्सका प्रतिनिधिको सहभागिता थियो ।
 

प्रकाशित मिति : २ जेठ २०८२, शुक्रबार  ६ : ०९ बजे

फुङलिङमा भालुको आतंक, नियन्त्रणमा लिन खोर निर्माण

ताप्लेजुङ– ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका

काँकरभिट्टाबाट पाँच महिनामा करिब ८ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा– चालु आर्थिक वर्ष (आव) २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

चिसोमा न्यानो पार्ने उपकरणको गलत प्रयोग : अकालमा जान्छ ज्यान

काठमाडौं– अहिले हामी पुस महिनाको सुरुवाती अवस्थामा छौं। देशभर दिनप्रतिदिन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, महाधिवेशनको कार्यतालिका हेरफेर हुन सक्ने

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

कोरला नाका जोड्ने घमी खोला पुल निर्माण अन्तिम चरणमा

मुस्ताङ– नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२