हेडलाइनहरु :
०८२ सालको पहिलो हिट फिल्मको दौडमा ‘ऊनको स्वीटर’
अग्र्यानिक फिल्मको भाष्य तोड्न सफल होला त दिपेन्द्र खनालको घर नम्बर २
‘जन्ते बाख्रो’ पोस्टरलाई लिएर आशिफ शाहको चित्त दुखाइ
हराए नायकद्वय आकाश र पुष्प ?
विशेष दुई रिपोर्ट
‘सिने ब्रिफ’को आठौं एपिसोडमा दुई विशेष रिपोर्ट समावेश छन् । यी जेठ २ बाट प्रदर्शनमा आएको फिल्म ‘के घर के डेरा : घर नम्बर २’ र जेठ १५ बाट प्रदर्शनमा आउन लागेको दिनेश राउत निर्देशित फिल्म ‘महाभोज’ केन्द्रित छन् ।
‘घर नम्बर २’ का निर्देशक र कलाकारले शहरी परिवेशका कथामा पनि अग्र्यानिक फिल्म बन्छन् भन्ने बहस सतहमा ल्याएको विषयमा रिपोर्ट बनेको छ ।
निर्देशक दिनेश राउत आठौं फिल्म ‘महाभोज’ हो । राउत दर्शकलाई कम निराश बनाउने निर्देशकमा पर्छन् । अर्थात्, उनका बढी फिल्म हिटको सूचीमा समावेश छन् । ‘महाभोज’ र निर्देशक राउतबारेको रिपोर्ट ‘सिने ब्रिफ’को यो एपिसोडमा हेर्न सक्नुहुनेछ ।
पूरा भिडियो : https://www.youtube.com/watch?v=N4–VIasVl4
विपनाको घर झगडा

कुनै समयकी चल्तीकी नायिका विपना थापाले एक दशकपछि फिल्म ‘ह्रस्व दीर्घ’बाट अभिनयमा ‘कमब्याक’ गरिन् ।
अहिले उनी फिल्ममा पुनः सक्रिय हुने क्रममा छिन् । सोहीकारण भारतीय नागरिक आशुतोष भारद्धाज घरजम गरेर उतै बस्दै आएकी विपनाको बसाइँ नेपाल केन्द्रित छ ।
उनको बेलाबखत श्रीमान्सँग सम्बन्ध बिग्रिएको चर्चा पनि हुने गरेको थियो । फेरि यो कुरा बल्झिएको छ ।
आशुतोषले विपनासँग सम्बन्ध सिकिएको भन्दै गालीसहितको स्ट्याट्स लेखेपछि डिभोर्सको गसिप स्वभाविकरुपमा फैलिएको हो ।
श्रीमान्को स्ट्याटस फेसबुमका वर्षन लागेपछि गत शनिबार भारत उडिन् । उनी भारत पुगेपछि श्रीमान् शान्त भएका छन् । आईडी ह्याक भएकाले विपनालक्षित पोस्टहरु आएको दाबी गर्दै क्षमा समेत मागेका छन् ।
भारत उड्न अघि विपनाले श्रीमान्बारे भनेकी थिइन्,‘उहाँ डिप्रेसनको शिकार हुनुहुन्छ । त्यही भएर यस्तो पोस्ट आएको हो । गालीलाई लिएर उहाँप्रति टिप्पणी नगर्नुहोला । उहाँ एक बिरामी हुनुहुन्छ ।’
भारत उड्न अघि विपनाले श्रीमान्बारे भनेकी थिइन्,‘उहाँ डिप्रेसनको शिकार हुनुहुन्छ । त्यही भएर यस्तो पोस्ट आएको हो । गालीलाई लिएर उहाँप्रति टिप्पणी नगर्नुहोला । उहाँ एक बिरामी हुनुहुन्छ ।’
सिने ब्रिफको पूरा भिडियो : https://www.youtube.com/watch?v=N4–VIasVl4
गसिप
हराए नायकद्वय पुष्प र आकाश
कुनै समयका चर्चित नायक हुन्– आकाश श्रेष्ठ र पुष्प खड्का । यी दुवै पछिल्लो समय फिल्मबाट टाढा देखिन्छन् ।
०८१ सालमा गुमानाम देखिने नायकहरुको शीर्ष स्थान, आकाश श्रेष्ठ र पुष्प खड्काले कब्जा गरेका थिए ।
०८२ सालको सुरुवातमा पनि यी दुईले फिल्म साइन गरेको खबर दुलर्भ नै बनेको छ ।
आकाश श्रेष्ठ नायिका पूजा शर्मासँगको प्रेमसम्बन्धको गसिपले पनि चर्चामा रहिरहने नायक थिए । तर, फिल्म लगातार फ्लप भएपछि आकाश फिल्मको सिनबाट टाढा देखिन्छन् ।
०८० को असार प्रदर्शनमा आएको ‘बगान’ आकाशको अन्तिम फिल्म हो । सन् २०१८ मा एकै वर्ष चार फिल्म खेलेका आकाशले अहिले फिल्मको कामबाट बेरोजगार छन् ।
अर्का नायक पुष्पको पनि हालत उही देखिएको छ । केही वर्षअघि उनलाई अनमोल केसी, प्रदीप खड्का र पल शाहसँग तुलना गर्ने समय थियो । उनले मोटो पारिश्रमिक लिन्छन् भनेर समाचार पनि बन्ने गर्थे ।
तर पुष्पले लगातार फ्लप फिल्मको सामना गर्नुपर्यो । अनि फिल्म पाउनै छाडे । ०७९ पुसमा प्रदर्शनका आएको ‘तिम्रो मेरो साथ’ त्यसयता पुष्पका फिल्म प्रदर्शनमा आएका छैनन् ।
अहिलेको उनको हातमा फिल्म नै छैन भन्दा पनि हुन्छ । ८० साल चैतमा उनले फिल्म ‘सिड्नी ब्लुज’ साइन गरेका त थिए । तर, त्यसको छायाङ्कन अझै भएको छैन ।
यसरी कुनै बेला चल्तीका नायक अहिले फिल्मविहीन भएर बसेका छन् । उनीहरुले दर्शकलाई भेट्न म्युजिक भिडियोको साहारा लिइरहेका छन् ।
आशिफको चित्त दुखाइ
फिल्म जन्ते बाख्रो जेठ २३ बाट प्रदर्शनमा आउँदैछ । यस फिल्मका नायकहरु सौगात मल्ल, आशिफ शाह र नायिका गरिमा शर्मा शीर्ष भूमिकामा रहेको बताइएको छ ।
वैशाख तेस्रो साता यो फिल्मको नयाँ प्रदर्शन मिति तोक्न निर्माण टिमले एक पोस्टर सार्वजनिक गरिएको थियो । जसमा फिल्मका सबै मुख्य कलाकारलाई समावेश गरिएको थियो ।
यही पोस्टरलाई लिएर आशिफले चित्त दुखाएको स्रोतले खबरहबलाई जानकारी दिएको छ ।
पोस्टरमा हेर्दा सौगात र गरिमा मात्रै शीर्ष भूमिकामा रहेको महसुस हुन्छ । पोस्टरमा आशिफलाई अन्य सहायक पात्रलाई जति नै स्थान दिइएको छ । त्यसैले आशिफ निर्माण टिमसँग असन्तुष्ट बनेका हुन् ।
आशिफको असन्तुष्टि उनकै स्ट्याटसले पनि पुष्टि गर्छ । उनले पोस्टर सेयर गर्दै निर्माण पक्षलाई व्याङ्ग्य गर्न लेखेका छन्, ‘जन्ते बाख्रोमा सानो निभाउन पाएको छु ।’
हुन पनि पोस्टरमा उनको तस्बिर बाख्रोभन्दा पनि सानो छ । तस्बिर सानो हुँदा आशिफको चित्त दुखाइ भने ठूलो देखिन्छ ।
यद्यपि यो प्रचारको फण्डा पनि हुनसक्छ ।
हिट बन्यो ऊनको स्वीटर

गत वैशाख २६ बाट प्रदर्शनमा आएको नवीन चौहान निर्देशित फिल्म ‘ऊनको स्वीटर’ ०८२ सालको पहिलो हिट फिल्म बन्ने निश्चित भएको छ ।
यो पनि : हिट बन्यो ‘ऊनको स्वीटर’, फ्लपको ह्याट्रिबाट जोगिए विपीन
निर्माण पक्षले शुक्रबार सार्वजनिक गरेको पहिलो साताको बक्स अफिस कलेक्सनले यो देखिएको हो ।
निर्माण पक्षको दाबी अनुसार फिल्मले पहिलो साता ५ करोड ७५ लाख ग्रस कलेक्सन गरेको छ ।
साताका गतिविधि
यो साता पनि फिल्मी बजारमा राम्रै गतिविधि भएका छन् । प्रदर्शन मिति घोषणा, प्रिमियर, निर्माण घोषणा, कलाकार अनुबन्ध, छायाङ्कन सुरुदेखि छायाङ्कन पूरासमका गतिविधि भएका छन् ।
शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘के घर के डेरा : घर नम्बर २’को प्रिमियर सुन्धारस्थित एक हलमा बुधबार सम्पन्न भएको छ ।
कलाकारले फिल्मको झुटो प्रशंसा गर्ने भन्दै निर्देशक दीपेन्द्रले विभिन्न क्षेत्रका सर्वसाधरणलाई चयन गरेर प्रिमियर देखाएका थिए । तथापि प्रिमियरमा फिल्म क्षेत्रका चिनिएका अनुहारहरुको पनि बाक्लै उपस्थिति थियो ।
वि.सं २०८० प्रदर्शनमा आएको फिल्म ‘जारी’को सिक्वेल ‘जारी २’को पनि यही साता छायाङ्कन सुरु भएको छ । निर्देशक उपेन्द्र सुब्बाले सोमबारदेखि पाँचरथबाट यस फिल्मको छायाङ्कन सुरु गरेका हुन् । फिल्ममा दयाहाङ राई, मिरुना मगर र विजय बराल केन्द्रीय भूमिकामा रहने बताइएको छ ।
यो पनि : उपेन्द्रले थाले ‘जारी-२’ सुटिङ, दशैंमै प्रदर्शनमा ल्याउने तयारी

‘पूर्णबहादुरको सारङ्गी’पछि सोलो नायकका रुपमा अनुबन्ध भएका विजय बरालको फिल्म ‘जनै हराएको बाहुन’को छायाङ्कन गत सोमबार सम्पन्न भएको छ ।
केकी अधिकारी र मिरुना मगरसमेत अभिनय रहेको यस फिल्मको छायाङ्कन ३५ दिनमा सकिएको हो । यो फिल्मको आधिकारिक प्रदर्शन मिति सार्वजनिक भएको छैन तर, आगामी तीजमा फिल्म प्रदर्शनमा ल्याउने तयारीमा निर्माण पक्ष रहेको बुझिएको छ ।
‘कबड्डी’ फिल्मको रुचाइएको जोडी, काजी र मैया अर्थात दयाहाङ राई र रिश्मा गुरुङको केन्द्रीय भूमिकामा रहेको फिल्म ‘रिमै’को प्रदर्शन मिति घोषणा भएको छ ।

निर्माण पक्षले पोस्टर सार्वजनिक गरी भदौ २७ लाई प्रदर्शन मिति तोकेको हो । उपेन्द्र सुब्बाले लेखेको यस फिल्मको निर्देशक खिलबहादुर गुरुङ हुन् ।
त्यस्तै नायक प्रवीण खतिवडा शीर्ष भूमिकामा रहने फिल्म ‘शिवांश’को पनि छायाङ्कन सुरु भएको छ । डेब्यू निर्देशक सन्तोषकुमार थापाले फिल्मको छायाङ्कन मंगलबारदेखि पोखराबाट सुरु गरेका हुन् ।
त्यस्तै, निर्देशक सोभित बस्नेतलले फिल्म ‘पीआर’को छायाङ्कन पूरा गरेका छन् । यस फिल्मको प्रदर्शन मिति अहिलेलाई तय भएको छैन ।
त्यस्तै आगामी फूलपाती प्रदर्शन मिति तोकिएको फिल्म ‘महाराजधिराज’मा नायिका वर्षा सिवाकोटी अनुबन्ध भएकी छन् ।
नायक पल शाह र आर्यन सिग्देल अनुबन्धपछि सो वर्षाको प्रवशे भएको हो ।

त्यस्तै निर्देशक बाबु साहे बलामीको निर्देशनमा फिल्म ‘तुलसीराम’ निर्माणको घोषण भएको छ । गत सोमबार घोषणा भएको यस फिल्मको छायाङ्कन जेठ अन्तिमबाट हुने बताइएको छ । अहिलेसम्म यस फिल्मका लागि कलाकार चयनको काम भने भएको छैन ।
प्रतिक्रिया