रवीन्द्र मिश्रलाई छाड्ने आदेशमा सर्वोच्चले भन्यो- प्रमाण संकलन भइसकेकाले थुनिरहनु परेन « Khabarhub

रवीन्द्र मिश्रलाई छाड्ने आदेशमा सर्वोच्चले भन्यो- प्रमाण संकलन भइसकेकाले थुनिरहनु परेन


२ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र पक्राउ परेको ४९ औँ दिनमा सर्वोच्च अदालतको आदेशअनुसार शुक्रबार अपरान्ह थुनामुक्त भएका छन् ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुँडाल र डा. तिलप्रसाद श्रेष्ठको इजलासले प्रहरीले चैत १५ गतेको घटनामा मिश्रमाथि लागेका आरोपसम्बन्धी प्रमाणहरू संकलन गरिसकेको देखिएकाले थुनामुक्त गर्न आदेश दिएको हो ।

सर्वोच्चका उपरजिष्ट्रार निराजन पाण्डेका अनुसार मिश्रलाई जिल्ला प्रहरी कार्यालयले चाहेका बेलामा उपस्थित गराउने गरी कानुन व्यवसायीको जिम्मा लगाई तत्काल थुनामुक्त गरिदिन विपक्षीका नाममा बन्दीप्रत्यक्षीकरणको आदेश भएको छ ।

‘निजलाई काठमाडौं जिल्ला अदालतबाट वैशा १० गते थप समय हिरासतमा राख्न अनुमति दिँदा नै निजबाट संकलन गर्नुपर्ने प्रमाण संकलन भइसकेको अवस्था देखाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ बमोजिम हाजिर जमानीमा छोड्न ध्यानाकर्षण गराइएको पाइन्छ’, सर्वोच्चले भनेको छ, ‘हालसम्मको अनुसन्धान तहकिकातको अवस्था हेर्दा निज निवेदकसँग सम्बन्धित अधिकांश प्रमाण संकलनको कार्य सम्पन्न भइसकेको देखिएको, थप प्रमाण संकलन गर्नुपर्ने भए सो बमोजिम संकलन गर्न पनि नसकिने अवस्था नरहेको तर, निजलाई हिरासतमै राख्नुपर्ने सम्मको अवस्था नदेखिँदा पछि मुद्दा चल्ने अवस्था आएमा वा थप प्रमाण बुझ्नुपर्ने भएमा जिल्ला प्रहरी कार्यालयले खोजी गरेका बखत उपस्थित गराउने गरी निजका कानुन व्यवसायीको जिम्मा लगाई तत्काल थुनाबाट मुक्त गरी दिनु भनी विपक्षीहरुका नाममा बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिदिएको छ’, सर्वोच्चले भनेको छ ।

चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनामा काठमाडौं जिल्ला अदालतबाट आठौँ पटकसम्म म्याद थपको अनुमति दिई मिश्रलगायतलाई हिरासतमा राखिएको थियो ।

गत चैत्र १५ गते काठमाडौंको तीनकुनेमा नवराज सुवेदी र दुर्गा प्रसाईंसहितका राजावादी समूहले गरेको प्रदर्शनका क्रममा पत्रकार सुरेश रजक र यातायात मजदुर सविन महर्जनले ज्यान गुमाएका थिए ।

उक्त घटना भएको साँझ मिश्रलाई भिड उक्साएर हिंसा भड्काउन भूमिका खेलेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले मिश्रमाथि राज्यद्रोह, संगठित अपराध, र आपराधिक उपद्रवको कसुरमा अनुसन्धान गरिरहेको थियो ।

उनीविरुद्ध पछिल्लो पटक मंगलबारसहित आठौँ पटक म्याद लिइएको थियो । उनी ४९ दिनदेखि जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् । अब उनी प्रक्रिया पूरा गरेर आजै छुटेका छन् ।

भिडियाेमा पनि हेर्नुहाेस्:

प्रकाशित मिति : २ जेठ २०८२, शुक्रबार  ७ : १२ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि