जनताका आवाज सरकारसमक्ष पुर्याउँछौँ : प्रचण्ड « Khabarhub

जनताका आवाज सरकारसमक्ष पुर्याउँछौँ : प्रचण्ड


२ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको आवाज सरकारसमक्ष पुर्याउने बताएका छन् ।

बैतडीको पाटनबाट ‘जनतासँग माओवादीः मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ सुरु गरी यहाँ आएका उनले सबै समुदायसँग संवाद गर्दै जनताको आवाज सरकारसमक्ष पुर्याउने लक्ष्य लिएको बताए ।

“बजेट अगाडि यो अभियान सकेर हामी यहाँका जनताको माग र आवश्यकता सरकारसमक्ष राख्न चाहन्छौँ”, पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले भने, “विशेषतः तराईका मजदुर र किसानका माग सम्बोधन गर्न सरकारलाई पहिले नै आग्रह गरिसकेको छु ।”

उनले मधेस आन्दोलन समाधानदेखि संविधान कार्यान्वयनसम्म माओवादीको भूमिका ऐतिहासिक रहेको उल्लेख गर्दै वर्तमान सत्तालाई जनमुखी बनाउन पहल आवश्यक रहेको बताए । अध्यक्ष दाहालले परशुराम, अजमेरु कोट क्षेत्रको पर्यटन विकास, डडेल्धुरा–भारत सिमानामा भन्सार स्थापनाजस्ता विषयलाई राष्ट्रिय मुद्दा बनाउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा पार्टीका महासचिव देव गुरुङले सहिदहरूको योगदानलाई स्मरण गर्दै जनआन्दोलन र सङ्घर्षले ल्याएको परिवर्तनलाई संस्थागत गर्न सबै क्षेत्र गम्भीर हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २ जेठ २०८२, शुक्रबार  ९ : ४३ बजे

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।