इजरायलको आक्रमण : गाजामा ११५ जना मारिए « Khabarhub

इजरायलको आक्रमण : गाजामा ११५ जना मारिए


३ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इजरायलले गाजा खाली गराउनका लागि गरेको आक्रमणमा ११५ जनाको ज्यान गएको छ। इजरायलले त्यहाँ राहत वितरणमा अवरोध सिर्जना गरेको ७२ दिन भइसकेको छ। पछिल्लो ७२ दिनमा त्यहाँ समस्या अझ थपिएको छ।

वरिष्ठ राष्ट्र सङ्घीय अधिकारी टम फ्लेटचरले विज्ञप्ति जारी गर्दै तत्काल राहत वितरणका लागि नयाँ बाटो अवलम्बन गर्नुपर्ने बताएका छन्।

उनले एक लाख ६० हजार प्लेट खाद्यान्न गाजामा लैजानका लागि तयार भएको बताए। फ्लेचरले राष्ट्र सङ्घको यो अभियान मानवतामा आधारित र भेदभाव रहित भएको बताउँदै यसमा धेरै अन्तर्राष्ट्रिय निकायको पनि सहयोग रहेको बताए।

मध्यपूर्वबाट फर्कने क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा स्वतन्त्र हुनुपर्ने कुरामा जोड दिए। उनले यात्राको क्रममा त्यहाँको मानवीय अवस्थाका बारे पनि सल्लाह गरेको बताए।

यसअघि नै ट्रम्पले १० लाख मानिसलाई गाजाबाट लिबियामा लैजानका लागि योजना बनाइ रहेको बताए।

प्रकाशित मिति : ३ जेठ २०८२, शनिबार  ८ : ३८ बजे

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल